स्तनपान सप्ताह दिवस विविध कार्यक्रमका सुरु



भद्रपुर (ने.स) । विश्व स्तनपान सप्ताह दिवस झापामा पनि विविध कार्यक्रमका साथ सुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले शुक्रवार विहान पत्रकार सम्मेलन गरि सप्ताह अवधि भर गरिने कार्यक्रमको बारेमा जानकारी गराएको हो ।

जिल्लाका ५० ओटा स्वास्थ्य चौकी मार्फत जनचेतना गराउने, १५ ओटा स्थानीय तहमा प्रचार प्रसार सम्बन्धि विभिन्न पोष्टर टाँस गर्ने,नागरिक समाजसग अन्तरक्रिया लगायतको कार्यक्रम गरेर सप्ताह सफल पार्ने जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत कुल बहादुर पौडेलले जनाएका छन् । अगष्ट १ देखि ७ सम्म मनाउने कार्यक्रममा यो वर्ष ‘सवै मिली स्तन पानलाई दिगो बनाउ’ भन्ने नाराका साथ सप्ताह मनाइरहेको अधिकृत पौडेलले बताए ।

स्तनपान गराएको वा नगराएको कुनै तथ्याङ् नेपाल सरकार सग न रहेको समेत उनले बताए । हरेक वार खाना चारलाइ अनिवार्य गरेमा वालवालिकाको दुइ वर्ष भित्रमा ८० प्रतिशत बृद्धि विकास हुने पुष्टि भएकोले यो सुत्र जरुरी रहेको उनको भनाई छ । शिशुलाई २४ घण्टामा कम्तिमा १० देखि १२ पटक सम्म स्तनपान गराउने र ६ महिना पुरा भएपछि पुरक खानाका साथै अतिरिक्त कम्तिमा दुई वर्ष पुरा नभएसम्म आमाको दुध खुवाउनु पर्ने उनले बताए ।

 

कार्यक्रममा सुस्मिता ताम्राकारले पोषणको बारेमा कार्यपत्र प्रस्तुत् गरेकी थिइन् । जनस्वास्थ्य निरीक्षक राम कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारको तर्फवाट गोपाल गिरीले सञ्चारमाध्याम मार्फत तथा प्रत्यक्ष रुपमा समाजमा स्तनपानको महत्व तथा तरिकाको बारेमा जानकारी गराइने बताए ।

प्रतिक्रिया दिनुहोस्