मेयर र उपमेयरलाई सम्मान



 

ललितपुर एकान्तकुना रिङरोड स्थित वीरेन्द्र स्मृति शिक्षा सदनले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याललाई सम्मान गरेको छ। सो विद्यालयले एसईई २०७३ मा उत्कृष्ठ स्थान ल्याउन १२ जना विद्यार्थीलाई समेत सम्मान गरेको छ।

सम्मान कार्यक्रममा बोल्दै मेयर महर्जनले शिक्षामा सुधार ल्याउन महानगर क्षेत्रमा विज्ञ समूह गठन गर्ने बताउनुभयो। उहाँले संस्थागत विद्यालयको भौतिक विकासका लागि महानगरले सहयोग गर्ने बचन व्यक्त गर्नुभएको थियो। कार्यक्रमा प्याब्सन अध्यक्ष शिव कार्कीले निजी र सरकारी विद्यालयबीच देखिएको विभदकारी नीतिको अन्त्य गर्नुपर्ने बताउनुभयो।

उहाले भननुभयो– ‘निजी विद्यालयबाट छात्रवृत्ति लिने तर सरकारी कोटाबाट उच्च शिक्षा हासिल गर्न नदिने परम्पराको अन्त्य गर्नुपर्छ।’ विद्यालयका प्रधानअध्यापक कन्हैयासिह कुवरले शिक्षा क्षेत्रको विकासका लागि विद्यालयले गरेको योगदानको चर्चा गर्नुभएको थियो। उहाले सस्तो र सुलभ शिक्षा दिएकै कारण विद्यार्थी र अभिभावक सन्तुष्ट भएको बताउनुभयो।

कार्यक्रममा शिक्षक संघका उपाध्यक्ष सुदर्शन घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भावना वस्नेत, समाजसेवी गोकुल खड्का, विद्यालय व्यवस्थापन समितिका सदस्य टीकाराम दाहाल, नमुना स्रोत केन्द्रका स्रोतव्यक्ति मणिराज राई, समाजसेवी गोकुल खड्कालगायतले विद्यालयले गरेको कार्यको प्रशंसा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्