मुस्लिम समुदायबाट पहिलो विद्यार्थीको चाहना,सामुदायिकमै पढ्छु,डाक्टर बन्छु



मुस्लिम समुदायबाट पहिलो विद्यार्थीको चाहना

सामुदायिकमै पढ्छु,डाक्टर बन्छु

  • कविराज नेपाल 

मुस्लिम समुदायबाट सामुदायिक विद्यालयमा पढेर उत्कृष्ठ अंक ल्याउन सफलछात्र साहिद वक्स मियाँले आफू सरकारी विद्यालयमै प्लस टु पढेर भविष्यमा डाक्टर बन्ने चहहना राखेका छन्।

राम्रो विद्यालय पाए काठमाडौंमा नपाए पाल्पामै बसेर उच्च शिक्षा हासिल गर्ने चहाना बोकेका साहिदले आफूलाई सरकारी विद्यालयको अतिनै माया लाग्ने बताए।

काठमाडौंमा सामुदायिक कलेज खोज्न आइपुगेका उनले सामुदायिक विद्यालयमा पढ्ने आफ्नो चाहना रहेको बताए।३ दशमलव ८ जीपीए ल्याइ मुस्लिम समुदायबाट उत्कृष्ठ नतिजा ल्याएका उनी आमा र वुवाको प्रेरणाले उत्कृठ भएको बताउछन्। उनी भन्छन– ‘मेहेनत गरेर पढेमा राम्रो नतिजा ल्याउन सफल हुँदोरहेछ। सबैको चहाना उत्कृष्ठ ल्याउने गरी पठ्नुनै हो। तर मेहेनत गरेर नपढ्ने विद्यार्थीले सफलता हासिल गर्ने नसक्ने उनको भनाइ थियो। पढ्न सक्नेलाई यहा र उहाको विद्यालय भन्ने नै हुँदैन, मिहेनत गर्नुपर्छ जहापनि सफलता हासिल गर्न सकन्छ।

तानसेन नगरपालिकाको सितलपाटी नजिकै उनको परिवारको फेन्सी र चुरा पसल छ। उनकी आमा जाहिरा वानु भन्छिन– ‘साहिद वक्स मिया सानैदेखि पढाइमा निकै नै जागरुक र मेहनेती थिए। सदरमुकाम तानसेनकै न्यू होराइजनमा कक्षा ८ सम्म पढेका सहिदले कक्षा नौपछि यस जनता मा.विमा अध्ययन शुरु गरेका हुन्। मुस्लिम समुदाय समाजमा उच्च तहमा पुग्ने समुदायभन्दा पनि व्यापार व्यवसायमा लाग्ने समुदाय हो यो समुदायबाट उत्कृष्ट नतिजा ल्याउँदा निकै खुसी छु’ –उनकी आमा भन्छिन्।

उनले छात्रवृत्ति पाएमा भविष्यमा छोरालाई डक्टर र छोराले पनि त्यही पढन चाहेको वताइन्। हुनत उनका दुई छोरीहरु पनि यही क्षेत्रमै भविष्य देखेर अघि बढिरहेका छन्। एउटी छोरी फर्जना वानुले जनकपुरमा एमबीबीएस सकेर अहिले इन्टर्न गरिरहेकी र अर्की छोरी सदिस्ताले स्टाफ नर्स पढिरहेको उनले जानकारी दिइन्।

मुस्लिम समुदायबाट सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याएका छात्र साहिद वक्स मियाको इच्छा पनि भविष्यमा गएर चिकित्सा क्षेत्रमै लाग्ने रहेको छ। उनले भने – ‘यो नतिजाले म निकै खुशी छु।’ पाल्पा जिल्लामा अवस्थित एउटा सामुदायिक विद्यालयले उत्कृष्टतामा नमूना ल्याउने क्रममा मुस्लिम समुदायबाट नेपालमै सामुदायिक विद्यालयतर्फ उत्कृष्ट अंक ल्याई एकजना विद्यार्थीलाई सफलताको शिखरमा पुर्याउन सक्षम भएको छ। म त छात्रवृत्ति पाउने आसमा छु। प्लस टु सकेपछि म भविष्यमा डाक्टर पढेर गाउँका जनतालाई नै सेवा गर्छु।

उनले आफ्नो चाहनाअनुसारको उमावि नपाए गाउँमै गएर अध्ययन गर्ने बताए। काठमाडौंमा राम्रो उमावि फेला नपरे गाउँमै गएर पढ्छु। मुस्लिम समुदायबाट आफूले पाएको सफलताले सबैलाई प्रेरणा मिल्ने उनको भनाइ थियो।

यस वर्षको एसईई परीक्षामा जिल्ला समदरमुकाम तानसेनस्थित जनता माध्यमिक विद्यालयले सामुदायिक विद्यालयतर्फ तथा छात्र तथा छात्रातर्फ उत्कृष्ठ नतिजा ल्याएपछि सो विद्यालयका प्रअ पनि प्रसन्न छन्। प्रधानाध्यापक मेघराज पौडेल भन्छन्– ‘यो नतिजाले निकै खुशी लागेको छ।

यो नतिजा ल्याउन सफल विद्यार्थी तिनका अभिभावक शिक्षक सबैलाई बधाई दिँदै आगामी दिनहरुमा पनि यस्तै नतिजा प्राप्त हुने आशा व्यक्त गरे। यस विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरु देश विदेशमा उच्च तहमा पुगिसकेका छन्। विद्यालयका पूर्वविद्यार्थी कुलचन्द्र गौतम सयुक्त राष्ट्र संघको उच्च तहमा पुग्ने त्यस्तै उत्कृष्ठ विद्यार्थी हुन्।

२००८ सालमा जनताको नामबाट स्थापना भएको यस विद्यालयमा हाल करिब २५ सय विद्यार्थीले अध्ययन गरिरहेका छन्। सामुदायिक विद्यालयमा नमूना विद्यालयका रुपमा रहेको यस विद्यालयमा केही वर्ष यता संस्थागत विद्यालय छाडेर भर्ना हुनेहरुको ठूलै लाम देखिन्छ।

नेपाली र अंग्रेजी दुबै माध्यममा पढाइ हुने यस विद्यालयमा भने यसै वर्षदेखि प्राविधिक धारतर्फ कक्षा ९ मा सिभिल इन्जिनियरिङ्ग पढाइ शुरु भएको छ। विद्यालयले परीक्षामा विद्यालयकी छात्रा सञ्जु रायमाझी संस्थागत तथा सामुदायिक दुवैतर्फ नेपालकै पहिलो र छात्रतर्फ कसम पोखरेल सामुदायिक विद्यालयमा नेपालमै सवैभन्दा बढी अंक ल्याउने विद्यार्थी भएको दाबी गरेको छ। दुबै विद्यार्थीले ३ दशमलव ९५ जीपीए ल्याएका छन्।

विद्यालयले एसईर्ई परीक्षामा २१ जना ए प्लस, २४ जना ए, ३० जना वि प्लस लगायत कूल २ सय १७ जना विद्यार्थीलाई यो परीक्षा उत्र्तीण गराउन सफल भएको छ।

हुनत ग्रेड सिस्टममा कति प्रतिशत ल्याएको भनेर भन्न मिल्दैन तै पनि अहिलेसम्म कसैले सामुदायिक र संस्थागत विद्यालयमा छात्रामा ३ दशमलब ९५ जीपीए ल्याएको र छात्रतर्फ पनि सामुदायिक विद्यालयबाट ३ दशमलब ९५ ल्याएको दाबी नभएको हुँदा हामी नै उत्कृष्ठ भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्