पुटिन–ट्रम्प वार्ता



ह्याम्बर्ग, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार जर्मनीमा भइरहेको प्रमुख आर्थिक सम्मेलनका क्रममा प्रत्यक्ष भेटवार्ता भएको छ। अमेरिकी गुप्तचर एजेन्सीले सन् २०१६ को चुनावमा मस्कोको हस्तक्षेपकारी भूमिका रहेको औपचारिक आरोप लगाएपछि र राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछिको दुई नेताबीच भएको यो पहिलो भेटवार्ता हो।

पूर्व केजीबी गुप्तचरसँग यस विषयमा कुरा उठाएको छ भनेर एक पत्रकारले चिच्याउँदै सोधेको प्रश्नको ट्रम्पले जवाफ दिएनन्।

‘दुई नेताबीच हात मिलाएर अभिवादन भएको र हास्दै छोटो कुराकानीपछि ह्याम्बर्गको जी २० शिखर बैठकका लागि स्थान ग्रहण गरेका थिए। राष्ट्रपति पुटिन र मैले धेरै विषयमा छलफल गरेँ र यो धेरै राम्रो भएको मलाई लागेको छ’ –ट्रम्पले पत्रकारहरूलाई बताए।

प्रतिक्रिया दिनुहोस्