सिरहामा आँप उत्पादन घट्यो, मूल्य बढ्यो



लहान, १८ असार । आँपको राजधानी मानिने सिरहामा यसवर्ष आँपको उत्पादनमा कमी आएको छ ।

अघिल्लो वर्ष बढी आँप फलेको थियो तर यो वर्ष कम फल्ने भएपनि रोगकिराले समेत असर पारेकाले यसवर्ष आँप उत्पादन घट्ेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यसवर्ष पाँच हजार १७० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ८ दशमलव ४ प्रतिशतका दरले ४३ हजार ४२८ सय मेट्रिक टन आँप उत्पादन भएको सो कार्यालयका बागबानी अधिकृत विन्देश्वर यादवले बताउनुभयो ।

गतवर्ष चार हजार ९५० हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ८ दशमलव ५ प्रतिशतका दरले ४२ हजार ७५ मेट्रिक टन आँप उत्पादन भएको थियो ।

यो वर्ष आँप राम्रो फल्ने वर्ष नभएको र आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिना पानी र मधुवा किराले क्षति पु¥याएपछि आँपखेतीको क्षेत्रफल बढेपनि उत्पादन घटेको बागबानी अधिकृत यादवले बताउनुभयो । आँपको उत्पादन घटेसँगै सिरहामा आँपको मूल्य ह्वातै बढेको छ ।

यसवर्ष लहानसहितका बजारमा मालदह आँप प्रतिकिलो रु १००, बमई आँप प्रतिकिलो रु १२०, सरही आँप रु ६०, अन्य आँप प्रतिकिलो रु ५० मा बिक्री हुँदै आएको छ । जवकी गतवर्ष सिरहामा प्रतिकिलो मालदह रु ५०, बमई रु ४० र अन्य आँप रु ३० का दरले बिक्री भएको थियो ।

आँपको सुरु हुन सयममै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य अझ बढ्नसक्ने स्थानीय व्यापारी बताउँछन् । आँपको उत्पादनमा कमी आएका कारण बढी मूल्यमा बेच्नु परेको व्यापारीको भनाइ छ ।

यहाँकोे आँप काठमाडाँै, विराटनगर, पोखरासहित मुलुकको विभिन्न सहरका साथै भारतलगायतका अन्य छिमेकीमूलुकमा निर्यात हुँदै आएको छन् । रासस

प्रतिक्रिया दिनुहोस्