चीन–भारत तनाब,सन् २०१७ को भारत १९६२ को भन्दा फरक छ ः जेटली



नयाँदिल्ली, (एजेन्सी)
भुटानी सिमा क्षेत्रलाई लिएर चीनसँग उत्पन्न विवादमा भारतीय रक्षामन्त्री अरुण जेटलीले चीनको चेतावनीलाई खारेजको गरेको छ।

चीनले भारतलाई भुटानको सिमानामा तैनाथ उनको सेना हटाउन भनेका थियो। चीनले भारतलाई १९६२ को युद्ध स्मरण गर्न र त्यसबाट शिक्षा लिन भनेको पनि समाचारमा उल्लेख गरिएको जनाइएको छ।

चिनियाँ विदेशमन्त्रीको उक्त चेतावनीमा प्रतिक्रिया दिँदै जेटलीले शुक्रबार भारतको एक च्यानललाई सन् २०१७ को भारत सन् १९६२ को भारतभन्दा अलग्ग भएको बताए। ती दुई भारतमा फरक भएको जेटलीले बताए। पछिल्लो तनावपछि चीनले कैलाश मानसरोवरको यात्रामा जाने भारतीय तीर्थयात्रीहरूका लागि नाथुला मार्ग बन्द गरेको छ।

जेटलीले भने– ‘यो भुटानको भूमि हो र भारतको सीमाको नजिक छ र दुई देशबीच सुरक्षासँग सम्बन्धित व्यवस्था पनि छन्। यस मामिलामा भुटान आफैले प्रष्ट गरेको छ, यो उसको भूमि हो।’

जेटलीले अगाडि भने– ‘उक्त जमिनको जुन वर्तमान स्थिति हो, त्योसँग चीनले तलमाथि गर्ने प्रयास गरिरहेको छ। यो मुद्दामा सबै कुरा प्रस्ट भइसकेको छ। यस्तोमा कसैले त्यहाँ आएर जमिनमाथि कब्जा गर्छ भने त्यो बिल्कुल उचित होइन। १९६२ को स्थिति अर्कै थियो, अबको भारत अलग्ग छ।’

यसअघि बिहीबार भुटानले जोमप्लरी इलाकाको डोगलोंगमा चीनद्वारा सैन्य क्याम्पकातर्फबाट सडक निर्माण भइरहेकामा आपत्ती जनाएको थियो। भुटानले चीनलाई तत्काल काम बन्द गर्नुपर्ने र यथास्थितिलाई कायम राख्नुपर्ने बताएको थियो। भारतीय र चिनियाँ सेना डोंगलोंगमा आमनेसामने भएपछि भुटानले यो कदम उठाएको हो।

डोंगलोंग विवादित इलाका हो । भुटानले चीनसँग सीमा विवादको समाधान अहिले विचाराधीन रहेको र उक्त इलाकामा शान्ति र यथास्थिति बनाइराख्ने लिखित सम्झौता छ। चीनले डोंगलोंगलाई लिएर भारतमाथि गोप्य एजेन्डा राखेको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्