बसको ठक्करबाट साइकलयात्रीको मृत्यु



 

लहान, १६ असार । सिरहाको औरही गाउँपालिका ५ दरैयामा आज अपराह्न यात्रुवाह बसको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

भगवानपुरबाट सिरहातर्फ आउँदै गरेको ना ४ ख ५२८१ नंको बसको ठक्करबाट साइकलयात्री सिरहा, अर्नामा गाउँपालिका–५ निवासी २६ वर्षीया सुमीदेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्