नेप्सेमा लगानीकर्ताहरुको धर्ना



काठमाडौं (नेस) ।
आन्तरिक राजश्व विभागले सेयर दलालहरुलाई कमिसनमा भ्याट तिर्न पत्र पठाएपछि बिहीबार सेयर दलाल (ब्रोकर) हरुले नेप्से परिसरमा धर्ना दिएका छन् । भ्याटमा सुचिकृत नै नभएका कम्पनीहरुलाई भ्याट बुझाउन पत्राचार गरिएपछि दलालहरुले कारोबार बन्द गरेका हुन् ।

सेयर लगानीकर्ता संघ नेपालले एक विज्ञप्ती जारी गर्दै अप्रत्यासित ढंगले पूँजीबजार बन्द गरिनुमा घोर आपत्ति जनाएको छ ।

नेपालको पूँजीबजार पछिल्लो समयमा सीमित ५० दलाल व्यावसायीले आफ्नो सिण्डिकेट, कार्टेलिङ मनोमानी गर्ने गरि आम ३ करोड लगानीकर्ता माथि गम्भिर आघात पुग्ने गरि एवं कारोवारवाला पक्षसंग छलफल नै नगरी एक्कासी बजार बन्द गरिएको प्रति संघ र आम लगानीकर्ताले विज्ञप्ती मार्फत आपत्ति जनाएका छन् ।

‘त्यस्तै लगानीकर्ताहरुसंगै कमिसन असुल गरेर पनि निजहरुलाई नै कारोवारबाट बञ्चित गराईदा हुन गएको क्षतिपूर्तिसमेत लगानीकर्तालाई दिलाउन सम्बन्धित सरकोकारवालालाई ध्यानाकर्षण गराउँदछौ ।‘ प्रेश विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्