रुकुममा ७४ प्रतिशत मत खस्यो, मतगणना बिहिबारबाट



धनवीर दाहाल, रुकुम ।
प्रदेश नं ५ मा रहेका पुर्वी रुकुमका ३ स्थानीय तह भुमे गाँउपालिका, पुथाउत्तरगंगा गाँउपालिका र सिस्ने गाँउपालिकामा गरी जम्मा ७४ प्रतिशत मत खसेको मुख्य निबार्चन अधिकृतको कार्यालय रुकुमले जानकारी दिएको छ । मुख्य निबार्चन अधिकृत डण्डपानी शर्माका अनुसार बुधबार निबार्चन सम्पन्न भएका ३ स्थानीय तहमा २४ हजार ४ सय ८१ मतदाता रहेका थिए । जसमा सबैभन्दा बढी भूमेमा ८ हजार ५ सय ५५, सिस्नेमा ८ हजार ३ सय ६८ र पुथाउत्तरगंगा गाउँपालिकामा ७ हजार ५ सय ५८ मतदाता रहेका थिए । जम्मा २४ हजार ४ सय ८१ मतदाता मध्य १८११५ मत खसेको मुख्य निबार्चन अधिकृत शर्माले जानकारी दिनुभयो ।   

यसै गरी मतगणना कार्य बिहिबारबाट मात्र सुरु हुने भएको छ । सबै मतदान केन्द्रबाट मतपेटिका बिहिबार मात्र आइपुग्ने भएकोले बिहिवार दिउँसोबाट मतगणना सुरु हुने मुख्य निर्बाचन अधिकृत शर्माले बताउनुभयो । उहाँका अनुसार निबार्चन अधिकृतको कार्यालय रहेको स्थानमा मतपेटिका आइपुग्न बित्तिकै मतगणना सुरु हुने छ । सिस्ने गाँउपालिकाको पाखापानी ठुलो सिस्ने,भुमे गाँउपालिकाको चुनबाङ, पुथाउत्तरगंगाको पेल्मा लगाएतका दुर्गम मतदानकेन्द्रबाट मतपेटिका पुग्न समय लाग्ने छ ।

तिन स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु गरी १६१ पद मध्यमा भुमे गाँउपालिकामा ५ सदस्य र पुथाउत्तरगंगामा १ सदस्य गरी जम्मा ६ पदमा निर्बिरोध निबार्चित भइसकेको र बाँकी १५५ पदमा ४१२ जना चुनावी प्रतिस्पर्धामा रहेको मुख्य निबार्चन अधिकृत डण्डपानी शर्माले बताउनुभयो । सिस्नेका ८, भूमेका ९ र पुथाउत्तरगंगा गाउँपालिकाका १४ गरी ३१ वडामा बुधबार निर्वाचन सम्पन्न भएको हो । संविधानमै रुकुमलाई २ प्रदेशमा राखिएपछि एउटै जिल्लामा २ पटक निर्वाचन हुन भएको होे ।

यस्तै पुर्व खेलकुद मन्त्री दलजित श्रीपालीको भुमेगाँउपालिका वडा नं ७ धर्मशाला मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ भने । पुर्व आपुर्ती मन्त्री गणेशमान पुनले सिस्ने गाँउपालिकाको खरीबोट मतदानकेन्द्र प्वाङ पुगेर मतदान गर्नुभएको छ । उहाँहरु दुवै जना माओबादी केन्द्रका प्रभावशाली नेता हुनुहुन्छ । श्रीपाली समानुपातिक सांसद हुनुहुन्छ भने पुन रुकुम निबार्चन क्षेत्र नं १ का प्रत्यक्ष निबार्चित सांसद हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्