इरानी सर्वोच्च नेताद्वारा प्यालेस्टाइनलाई इजरायलको प्रतिरोध गर्न आग्रह



 

तेहरान (इरान), १२ असार । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सोमबार प्यालेष्टाइन मुद्दा इश्लामिक समुदायको प्रमुख बिषय भएको भन्दै सम्पूर्ण मुशलमान समुदाय इजरायल विरुद्ध जहाँबाट जसरी हुन्छ सङ्घर्ष गर्न आग्रह गर्नुभएको छ ।

इरानी जनताको जमघटलाई मुश्लिम पर्व इदका अवसरमा राजधानी तेहरानमा सम्वोधन गर्नुहुँदै खामेनीले उक्त सन्देश दिनुभएको हो ।

“इश्लिामिक धर्मशास्त्रले जहिले मुशलमानहरूको जमिन शत्रुले कब्जा गर्छ त्यहाँ जिहाद गर अर्थात् आफ्ना शत्रु विरुद्ध सङ्घर्ष गर भनेको छ,” खामेनीको भनाईलाई उद्धृत गर्दै प्रेस टिभीले जनाएको छ ।

आजका दिनमा यहुदी शासन विरुद्धकोे लडाई मुशलमानका अधिकारका लागि कर्तव्य वा आवश्यक भएको छ, खामेनीले इश्लामिक राष्ट्रवीचको एकता अपरिहार्य भएको आग्रह गर्दै सम्वोधनमा सहभागीलाई यसका लागि उत्प्रेरित गर्नुभयो ।
विभाजन र कलह इश्लामिक समुदाय र मुलुकका लागि हानिकारक बनेको उहाँले जोडका साथ बताउनुभयो ।

खामेनीले हरेक शुक्रबार राजधानी तेहरानमा प्यालेष्टिनी जनताको समर्थनमा हुने गरेकोे अलकुदको विशाल जुलुसमा सहभागी भई दवाव सिर्जना गर्न पनि उक्त समारोहमा आग्रह गर्नुभयो ।

हरेक शुक्रबार हुने जुलुसमा सहभागीले अमेरिका विरोधि नारा लगाउदै इजरायलद्वारा निरन्तर प्यालेष्टिनी भू–भाग कब्जा गरी वस्ती बसालेकोमा निन्दा गर्दै आएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्