विभिन्न स्थानमा मृत्यू



वेहोस
कपिलबस्तु
कपिलबस्तु नगरपालिका–९ जर्लैयास्थित बाटोमा पैदल हिंडिरहेको अवस्थामा अचानक वेहोस भएर ढल्दा कुश्मा बस्ने ४६ वर्षीय दिलबहादुर बिकको आइतबार घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
मृत फेला
धादिङ 
वेनीघाट रोराङ गाउँपालिका–५ बाँदरे मोडस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करीव ३७ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ 
रंगेली नगरपालिका–९ बनकोलस्थित रंगेली–दोहमना सडक किनारामा सोही ठाउँ बस्ने ६० वर्षीय  पहाडचन राजबंशी आइतबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

बगाएर मृत्यु
भोजपुर
अरुण गाउँपालिका–३ बस्ने चेतनाथ फुँयालकी छोरी १३ वर्षीया सुष्मा फुयाल, उनकै छोरा ८ वर्षीय प्रदीप फुयाल र सोही ठाउँ बस्ने रबिन्द्र सापकोटाका छोरा १४ वर्षीय रंजित सापकोटा सोही ठाउँस्थित तोरणबहादुर कार्कीको माछापोखरीको पानीमा डुबेर मृत्यु भएको अबस्थामा सोमबार फेला परेका छन् । आइतबार दिउसोदेखि हराई बेपत्ता भएका उनीहरुको खोजी गर्ने क्रममा उक्त पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।
मकवानपुर 
ईन्द्रसरोबर गाउँपालिका–१ स्थित ईन्द्रसरोबर तालमा पौडी खेल्ने क्रममा सोमबार डुबेर वेपत्ता भएका भक्तपुर, ठिमी नगरपालिका घर भएका १९ वर्षीय सुशिल सोडारीको खोजी गर्ने क्रममा शव फेला परेको छ ।
पाल्पा 
तानसेन नगरपालिका–९ अम्लयानस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने बलबहादुर कुमालको छोरा १२ वर्षीय अमृत कुमाल र सोही ठाउँ बस्ने ११ वर्षीय अनुप कुमाल आइतबार खोलाले बगाएर मृत्यु भएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ ।
करेन्ट लागेर मृत्यु
 धनुषा 
गणेशमान चारनाथ नगरपालिका–३ गंगापुर बस्ने २० वर्षीया अम्बिका महको आइतबार अचानक  करेन्ट लाग्दा मृत्यु भएको छ । करेन्ट लाग्नुको कारण हाल खुल्न सकेको छैन ।
सुनसरी 
आफ्नै घरको ट्युवेलमा मोटर जोडेर नुहाउने क्रममा आइतबार अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका बराह नगरपालिका–३ भरौल बस्ने ५२ वर्षीय धनबहादुर पौडेलको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्