साहित्यकार पौडेलको स्वास्थ्यमा सुधार



 

काठमाडौँ, १२ असार । मुटुको समस्या आएपछि अस्पताल पुग्नुभएका साहित्यकार ज्ञानुवाकर पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

गत मङ्गलबारदेखि मुटुुको धड्कन असन्तुलित भएर समस्या आएपछि अस्पताल जानुभएका उहाँको छातीमा अहिले ‘पेस मेकर’ राखिएको छ । गजलगो तथा मुक्तककार एकहत्तरवर्षीय पौडेललाई यसअघि मुटुको समस्या नभए पनि एक्कासि सो समस्या आएको उहाँकी श्रीमती त्रिपुराले जानकारी दिनुभयो ।

अहिले पनि उहाँ चिकित्सकको निगरानीमा रहनुभएको छ । उहाँलाई डा रवीन्द्र सिंखडाले उपचार गरिरहनुभएको बताइएको छ । झन्डै एक हप्तापछि आइतबार पौडेललाई घर ल्याइएको परिवार स्रोतले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्