आज सार्वजनिक बिदा



 

काठमाडौं, (नेस)
सरकारले मुस्लिम समुदायको पवित्र पर्व इद उल फित्रको अवसरमा आज सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै इद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएको हो। मुस्लिम समुदायले चन्द्रमा हेरेर मात्रै चाड मनाउने प्रचलन रहेकाले आइतबार बेलुकासम्म पनि बिदा दिने नदिने अन्योल रहेको थियो।

प्रतिक्रिया दिनुहोस्