ताप्लेजुङ ४ बर्षे अवधिमा वाल हिंसामा कमी आयो



रविन भट्टराई, ताप्लेजुङ ।
वाल अधिकार तथा शान्ति शिक्षाका लागि सञ्चालित अभियानको ४ बर्षे अवधिमा वाल हिंसामा कमी आएको एक प्रतिबेदनले औंल्याएको छ ।

उसले कार्यक्रम सञ्चालन पश्चात बालबालिकाका निमित्त आएको बजेट बालबालिकाकै हीतमा प्रयोग हुन थालेको भन्दै यसलाइ सकारात्मक रुपमा लिइएको जनाएको छ ।

किन्डरमिसनरेक जर्मनीको सहयोगमा मानव अधिकार मञ्च इलाम संगको साझेदारीका कार्यक्रम सञ्चालन गरिरहेको वातावरण संरक्षण तथा विकास मञ्चले शनिवार आयोजित प्रगति समिक्षा कार्यक्रममा यस्तो बताएको हो ।

वाल अधिकार तथा शान्ति शिक्षा कार्यक्रममा जिल्ला कार्यक्रम संयोजक मनप्रसा नाल्वोले कार्यक्रम सञ्चालनको यो अवधिमा वालमैत्री स्थानीय शासन रणनीति सम्बवन्धी बिद्यालय स्तरमा दिर्घकालिन सोचमा बृद्धि भएको जानकारी दिए ।

उनले कार्यक्रम सञ्चालन भएका ताप्लेजुङका २० वटा साविकका गाउँ विकास समितिका बिद्यालयमा अगुवाइमा बन्द मुक्त घोषणा गरिएको र बाल भरिया तथा बाल श्रमको न्युनीकरणमा सहजीकरण भएको जानकारी दिए ।

नाल्वोले स्थानीय तहमा बाल अधिकारका बारेमा सचेतना अभिबृद्धि भएको, सरोकारवालाहरु बाल अधिकारको संरक्षण र सम्र्बद्धनमा क्रियाशिल रहेको,स्थानीय तहमा बिनियोजित बजेट र बार्षिक कार्ययोजना कार्यान्वयनमा बाल क्लव, बाल संरक्षण समिति र बालमैत्री स्थानीय शासन समिति क्रियाशिल भएकाो जानकारी दिए ।
उनले बिद्यालयमा बाल क्लवको संस्थागत नेतृत्व सीपको विकास भइ सामाजिक कार्यमा निरन्तर अग्रसर बनेको,बिद्यालय तथा गाउँ तथा नगरपालिकाका र वडा तहमा बाल अधिकार संरक्षण र सम्र्बद्धनका लागि बार्षिक कार्य योजना तयार भएको बताए ।

४ बर्षे अवधिमा जिल्ला सहजकर्ता र सामाजिक परिचालकहरु स्थानीय तहमा बालबालिका सम्वन्धी नीतिहरुको प्रभावकारी र्काान्वयनका लागि क्रियाशिल रहेको समेत प्रतिबेदन समेत नाल्बोले प्रस्तुत गरे ।

बाल अधिकार हनन्मा परेका बालबालिकाहरुको समस्या समाधानमा सहयोग पुर्याउने, बालबालिकाहरुलाइ शारिरिक, मानसिक, बौद्धिक र संवेगात्मक विकासमा सहयोग पुर्याउने, स्थानीय तह तथा सरोकारवालाहरुलाइ बाल अधिकारको पक्षमा काम गर्ने अभिप्रेरित गर्ने र बिद्यालयलाइ शान्ति क्षेत्र बनाउनका लागि आवश्यक सहयोग गर्ने उदेश्यले सन् २०१३ बाट बाल अधिकार तथा शान्ति शिक्षा परियोजना सुरु भएको हो ।

यो कार्यक्रमले द्धन्दबाट प्रभावित बालबालिकाको तथ्याङ्क सङ्कलन,शैक्षिक सामाग्रीमा सहयोगका लागि बाल अधिकार तथा शान्ति शिक्षा कार्यक्रम सञ्चालनमा रहेको छ ।

यो कार्यक्रमको पहिलोमा चरण सन् २०१३ देखि २०१४ को एकबर्षे अवधिमा साविकका ५ वटा गाविस, सन् २०१४–२०१५ मा साविकका थप ५ वटा गाविस र सन् २०१६ देखि २०१८ सम्मको अवधिमा साविकका १० गाविसका १० बिद्यालय र नयाँ थप १० बिद्यालय गरी २० वटा बिद्यालयमा बाल अधिकार तथा शान्ति शिक्षा कार्यक्रम सञ्चालन भएको हो ।

११ लाख ८६ हजार एक रुपैैंया कुल लागत रहेको परियोजनाका लागि मानव अधिकार मञ्च इलामको ९ लाख ९२ हजार २ सय ७६ रुपैंया, वातावरण संरक्षण तथा विकास मञ्चको १ लाख ३३ हजार २ सय ४५ र सम्वन्धित गाउँपालिका, यिनका वडा र कार्यक्रम सञ्चालन भएका बिद्यालयबाट ६० हजार ४ सय ८० रुपैंयाको बजेट खर्च हुने छ ।

परियोजनाको जिल्ला कार्यक्रम सचिवालयले आगामी अवधिमा सञ्चालन हुने कार्यक्रम र कार्यक्रम सञ्चालन गर्दा अपनाउनु पर्ने रणनीतिका बिषयमा सरोकारवाला संग राय÷सुझाव समेत माग गरेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठले बाल अधिकार संरक्षण र प्रर्बद्धनमा सञ्चार संस्था तथा सञ्चारकर्मीका तर्फबाट निर्वाह भएको भीमका र आगामी जिम्मेवारी बारे प्रकाश पारेका थिए । कार्यक्रम वातावरण संरक्षण तथा विकास मञ्चका अध्यक्ष कुमार शिवाको अध्यक्षतामा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्