कालिकोटलाई रसायन र विषादी मुक्त वनाइने



कालीवादुर मल्ल, कालिकोट । जिल्लालाई रसायनिकमल र विषादीमुक्त जिल्ला वनाउन पहल गरिने भएको छ । कर्णाली कृषि तथा खाद्य सरोकार समूह कफागको सनिवार जिल्ला सदरमुकाममा वसेको वैठकले उक्तनिणर्य गरेको हो ।

कफागका संयोजक कालीवहादुर मल्लको अध्यक्षतामा वसेको वैठकले जिल्लालाई रसायनिक र विषदी मुक्त वनाउन जिल्ला कृषि विकास कार्यालय, गाउपालिका नगरपालिकाको ध्यान केन्द्रीत गराउने, कालिकोट जिल्लाका प्रत्येक गाउपालिका नगरपालिकामा नमुना प्राङगारिक मल र जैविक विषादी केन्द्र स्थापना गर्नकालागि दवाव दिने दिने निणर्य गरेको छ ।

यस्तै वैठकले २०७४ असाढ २५ गते घोषणा गर्ने वजेट पर्व स्थानीयतहका प्रतिनिधिहरुसंग कर्णालीमा कृषिका सवाल, अर्गानिक कालिकोटका विषय छलफल गर्न चियापान तथा वधाइ कार्यक्रम राख्ने निणर्य गरेको छ । वैठकमा फरेस्ट यक्सनका ठामाण्डौका जिवन शाहीले विषादी प्रयोग गरिएका खाद्यवस्तुका घाटाका वारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्