संविधानको कार्यान्वयन कांग्रेसकै नेतृत्वमा – नेता थापा



नेपाल समाचारपत्र, बैतडी ।
नेपाली कांग्रेसका यूवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा संविधान बनेको र संविधानको कार्यान्वयन पनि नेपाली कांग्रेसकै नेतृत्वमा हुने बताउनुभएको छ ।

शनिवार बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेस सबैलाई देशमा शान्ति र स्थिरता कायम गर्ने पार्टी भएको बताउनुभएको हो ।

 

नेपाल विभिन्न भाषभाषी र जातजातीको देश भएकाले अनेकतामा एकता खोजेर अघि बढ्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको दाबी गनुभएको छ । उहाँले भन्नुभयो ‘नेपाली कांग्रेस कुनै क्षेत्र बिशेषको विरोधी पार्टी होइन यो समग्र नेपाललाई एकसुत्रमा बाध्ने पार्टी हो ।’

नेपाली कांग्रेसका शत्रु भनेको गरिबि र बेरोजगारी भएकाले यसको अन्त्यका लागि नेपाली कांंग्रेसको जीत आवश्यक रहेको धारणा ब्यक्त गनुभएको छ । गरिबि र बेरोजगारीको अन्त्यका लागि कांग्रेसको जीत आवश्यक छ । उहाँले भन्नुभयो ‘नेपाली कांग्रेस सबै जनता सुखी र खुशी भएका देख्न चाहान्छ ,यसका लागि गरिब र बेरोजगारी अन्त्य हुनु आवश्यक छ ’

चुनावीसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसलाई भोट दिनुभयो भने मात्रै देशले निकास पाउने र देशमा देखिएको विद्यमान समस्या समाधानका लागि कांग्रेसलाई भोट दिन सबैमा आग्रह गनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्