आयसाको तस्वीर हंगामा



वान्टेड, टार्जन, द वन्डर कार तथा डोरजस्ता फिल्मबाट बलिउडमा तहल्का मचाउने हिरोइन आयसा टाकियाको एक फोटोले हाल बलिउडमा तहल्का मच्चाइरहेको छ। जुन उनले कहिले पनि सोचेकी थिइनन् कि उनको साथमा यस्तो हुन्छ भनेर।

उनले पछिल्लो समय सोसल मिडियामा एक फोटो सेयर गरेकी थिइन्। जसलाई हेरेर मानिसहरू उनले पहिले आफ्नो अनुहारको प्लास्टिक सर्जरी गराएकी थिइन् र अब उनको अनुहार बिगँ्रदै गइरहेको छ भनिरहेका छन्।

आयसाले भने उक्त तस्वीरसँग जोडिएको खबरलाई बेतुकको कुरा भनेकी छिन्। २०१७ को शुरुआतमा एक सार्वजनिक कार्यक्रमबाट आएको उक्त फोटोको कारण उनले ट्वीटरमा ट्रोल्सको पनि सामना गर्नुपरेको थियो।

‘जब यो खबर आयो त्यो बेला म आफ्नो परिवारका साथ गोवामा थिएँ। हामी सबै जना यो खबर सुनेर हाँसिरहेका थियौं। यो कुनै नयाँ कुरा होइन, हरेक महिनामा हरेक दुई अभिनेता ट्रोल हुन्छन्। जसले मलाई नजिकबाट चिन्छन् उनीहरूलाई थाहा छ कि यो बिल्कुल बकवास कुरा हो’ –आयसाले भनेकी छिन्।

यस खबरले जब सोसल मिडियामा तहल्का मच्चायो तब उनले इन्स्ट्राग्राममा आफ्नो एक तस्वीर हाल्दै ट्रोल गर्नेहरूलाई कडा जवाफ दिँदै भनिन्– ‘जो अभिनेता देशविदेशमा यति राम्रो काम गरिरहेका छ्, उनैलाई ट्रोल गरिन्छ भने मलाई लाग्छ यस्ता नकारात्मक चिजहरूमा ध्यान दिनु आवश्यक छैन।’

आमा बनेपछि आयसा फिल्मबाट टाढा भएकी थिइन्। अब उनको छोरा ठूलो भइसकेका छन्। यस कारण पनि उनी अब फिल्मका लागि समय निकालिरहेकी छिन्। उनी अब छिट्टै नै फिल्ममा देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्