आर्थिक समृद्घि ल्याउने पार्टी कांग्रेस – गगन थापा



बैतडी (नेस) ।

नेपाली कांग्रेसका युवा नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले नेपालमा आर्थिक समृद्घि ल्याउने पार्टी नेपाली कांग्रेस रहेको बताउनुभएको छ ।

शुक्रवार बैतडी र दार्चुला कांग्रेसले संयुक्त रुपमा गोकुलेश्वरमा आयोजना गरिएको चुनावी आमसभालाई सम्वोधन गनुहुदै उहाँले कांग्रेस नेतृत्वको सरकारले मात्रै आर्थिक समृद्घि ल्याउने बताउनुभएको हो ।

 

कांग्रेस जनताको पार्टी भएकाले समग्र देशको विकास गर्न लागिपरेको छ उहाँले भन्नुभयो“नेपाललाई बनाउने जिम्मा कांग्रेसको हो, कांग्रेसले जित्यो भने समग्र देशको जित हुन्छ ।”

कांग्रेसले बनाएको नितीनियममा टिकेर अहिले सबैले काम गरिरेहेको बताउदै नेता थापाले पाँच बर्षसम्म कांग्रेसले सरकारमा बस्न पाए सम्पुर्ण देशको विकास भई समृद्घि हुने दाबी गर्नुभयो ।

 

एक फरक प्रसंगमा उहाँले एमाले दुई जिब्रे भएको पार्टी भएको आरोप लगाउनुभएको छ । “मधेसमा गए मधेस राम्रो भन्छ ,पहाडमा गए पहाड मन पर्छ भन्छ ”उहाँले भन्नुभयो ।

आसन्न स्थानिय तहको निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आह्वान गर्नुहुदै उहाँले कांग्रेसको रुख चिह्नमा मतदान गरी आफ्नो मतको सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।

गोकुलेश्वरको आमसभालाई सम्वोधनपश्चात पुर्वमन्त्री थापा दार्चुलामा हुने आमसभालाई सम्वोधन गरेको छ ।
पुर्वमन्त्री थापा शनिवार नेपाली कांग्रेस बैतडीको आयोजनामा दशरथचन्द नगरपालिका २ देहिमाण्डौंमा हुने आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्