हत्यामा संलग्न २ जना पक्राउ



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीको लोहारपटिमा महिलालाई हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लोहारपटि ३ बस्ने २० वर्षीय बजरंगी साह सोनार र १८ वर्षीय अविनाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार लम्सालले बताए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार लोहारपटि गाउँपालिका ३ खुटा पिपराढी बस्ने ४५ वर्षीय श्यामादेवी साह जेठ १८ गते शौच गर्न गएको बेला उनलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइते साहको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले अनुसन्धान गर्दै जादा घटनामा संलग्न अविनाश र बजरंगीलाई वुधबार पक्राउ गरेको एसपी लम्सालले बताउनुहुदै उनले सो घटनामा संलग्न केही अपराधी अझै पनि फरार रहेकोले अनुसन्धान कार्य जारी रहेको थपे ।

प्रतिक्रिया दिनुहोस्