करोडौं ठगीको आरोपमा एन्फाका पूर्वमहासचिव शाही पक्राउ



काठमाडौ (नेस) ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव तथा राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक लोकबहादुर शाहीलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले उनलाई बिहीबार पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिएका छन् ।

शाहीले २५ जनालाई क्यानडा पठाइदिने भन्दै १ करोडभन्दा बढी ठगी गरेकाले पक्राउ गरिएको अमात्यले बताए ।

शाहीले ललितपुरस्थित श्रीकुसुन्ती युथ क्बलको नामबाट क्यानडा लैजाने र टोरन्टोमा मे १५ देखि २५ देखि फुटबल खेलाउने आश्वासन दिएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्