कर फर्छ्यौट आयोगका अध्यक्ष र सदस्यलाई खोज्न पक्राउ पुर्जी



काठमाडौं (नेस) ।

कर फरछ्र्यौट आयोगका अध्यक्ष र सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थितका लागी पत्र काटीएपनि आयोगमा अनुपस्थित भएपछि पक्राउ पुर्जि जारी गरीएको छ । आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि आयोगमा उपस्थित हुन पत्र काटेको थियो ।

अख्तियारले अध्यक्ष महत र सदस्य ढकाललाई देखेमा खबर गर्न भन्दै सार्वजनिक सूचना निकालेको आयोगका प्रबक्ता जिबराज कोईरालाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । तर, महत र ढकाल अख्तियारमा उपस्थित भएका छैनन् । उनीहरु दुबै फरार रहेको भन्दै प्रहरीले खोजी कार्य सुरु गरेको आयोगका प्रबक्ता कोईरालाले जानकारी दिनुभयो ।

अख्तियारले आज बिहीबार सूचना निकालेर दुबैलाई भेटे आयोगको हटलाइन १०७ मा वा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

अख्तियारले आयोगका सदस्य सचिव एवं आन्तरिक राजस्व विभागका प्रमुख चुडामणि शर्मालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्