पूर्वमन्त्री ढुंगेलको निधन



 

काठमाडौं, (नेस)
पूर्वविज्ञान तथा प्रविधि राज्यमन्त्री एवं राप्रपाका नेता इन्द्रप्रसाद ढुङगेलको निधन भएको छ। केही वर्ष यता फोक्सोको क्यान्सरबाट पीडित ८३ वर्षीय ढुङ्गेलका ओम अस्पलतामा उपचारको क्रममा सोमबार राति निधन भएको हो।

नेपाली कांग्रेसबाट विसं २००३ सालमा राजनीति शुरु गर्नुभएका ढुङ्गेल रामेछाप जिल्लाका पूर्वजिल्ला विकास समितिका सभापतिसमेत हुनुहुन्थ्यो। बहुदलीय व्यवस्था स्थापनासँगै उहाँ राप्रपामा प्रवेश गर्नुभएको थियो।

स्वर्गीय ढुङ्गेलको मंगलबार पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ। राप्रपाका नेता पशुपतिशमशेर जबराले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो।

विक्रम सम्बत १९९२ साल जेठ १८ गते रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–५ मा जन्मिनु भएका ढुङ्गेलले रामेछापको साविक पकरवासमा आफ्नै पहलमा प्रायोगेश्वर माविको स्थापना गर्नुभएको थियो। उहाँका श्रीमती दन्ताकुमारी ढुङ्गेल, २ छोरा र ५ छोरी रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्