अछामका ३ स्थानीय तहमा कांग्रेस माओबादी बिच तालमेल



बिष्णुप्रसाद भण्डारी, अछाम ।

आउँदो १४ गते हुने स्थानीय तह निर्वाचनका लागि अछामका ३ ओटा स्थानीय तहमा नेपाली कांग्रेस र माओबादी केन्द्रबिच चुनावी तालमेल भएको छ । तालमेलका क्रममा कांग्रेसले २ स्थानीय तहमा प्रमुख पदमा उम्मेद्धार उठाएको छ भने एक ठाउमा प्रमुख पदमा कांग्रेसले माओबादी केन्द्रलाई सघाउने सहमती भएको छ ।

अछाम जिल्लाको मंगलसेन नगरपालिका, बान्नीगढी जयगढ गाउँपालीका र मेल्लेख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच तालमेल भएको छ । मंगलसेन नगरपालिकाको प्रमुख कांग्रेसले लिएको छ भने उप–प्रमुखमा कांग्रेसले माओबादी केन्द्रलाई सघाउने सहमती भएको छ । यस्तै बान्नीगढी जयगढ गाउँपालीकामा अध्यक्ष कांग्रेसले लिएको छ भने उपाध्यक्षमा कांग्रेसले माओबादी केन्द्रलाई सघाउने सहमती भएको छ । त्यसै मेल्लेख गाउँपालिकामा भने अध्यक्ष माओबादी केन्द्रको भागमा परेको छ । त्यहाँ माओबादीले उपाध्यक्षमा कांग्रेसलाइ सघाउने छ ।

मंगलसेन नगरपालिकाका, बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिकाका साथै अन्य कतिपय वडामा समेत माओबादीसंग सहकार्य भएको नेपाली कांग्रेस अछामका सचिव नमबहादुर शाहीले जानकारी निदुभयो छ । एक्लै चुनाव जित्न कठिनाई हुने स्थानीय तहमा आफुहरुले माओबादीसंग सहकार्य गरेको उहाँले बताउनुभयो । जिल्लाको मंगलसेन नगरपालिकामा कांग्रेस मओबादी केन्द्रको संयुक्त प्यानलबाट मयेरमा कांग्रेसका चन्द्र प्रसाद ढुंगाना र उपमेयरमा नेकपा माओवादी केन्द्रका रोहीना भण्डारीले उम्मेद्धारी दिनु भएको छ ।

यस नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा पदम बहादुर बोहरा र उपमेयरमा सरिता उपाध्यायले उम्मेद्धारी दिनु भएको छ । मंगलसेनमा अरु सबै पार्टी एक हुँदा पनि आफुरुले एक्लै चुनाव जित्ने एमालेको तर्फबाट मेयरका उम्मेद्धार पदम बहादुर बोहराको दावी छ । कांग्रेससंग चुनावी तालमेल भएका तिन ओटै स्थानीय तहमा गठबन्धनले चुनाव जित्ने नेकपा माओबादी केन्द्र अछामका जिल्ला संयोजक झपट साउँदले बताउनुभयो । अन्य स्थानीय तहमा आफुहरु एक्लै चुनाव जित्ने र तालमेल भएका स्थानीय तहमा गठबन्धनले चुनाव जित्ने उहाँको दावी छ ।

यस्तै चुनावी तालमेलले आफुहरुलाई कुनै असर नापार्ने एमालेको तर्फबाट मंगलसेन नगरपालिकाको उप–मेयरका उम्मेद्धार सरिता उपाध्यायले बताउनुभयो । मंगलसेनमा अरु सबै दलहरु एक भएर चुनाव लडेपनि आफुहरुले चुनाव जित्ने उहाँको दावी छ । यस्तै बान्नीगढी जयगढ गाउपालिकामा कांग्रेस माओवादीको संयुक्त प्यानलबाट अध्यक्षमा कांग्रेसका राजेन्द्र खड्का र उपाध्यक्षमा माओबादी केन्द्रका लोकन्द्र साउदले उम्मेद्धारी दिनुभएको छ । त्यहाँ नेकपा एमाललेको तर्फबाट अध्यक्षमा कमल तिमिल्सैना, उपाध्यक्ष निर्मला रावलले उम्मेद्धारी दिनुभएको छ । त्यस्तै मेल्लेख गाउँपालिकामा कांग्रेस माओवादीको संयुक्त गठबन्दनको तर्फबाट अध्यक्षमा माओबादी केन्द्रका लोक बहादुर बोहरा र उपाध्यक्षमा नेपाली ककांग्रेसका धन बहादुर शाहको उम्मेद्धारी परेको छ । त्यहाँ नेकपा एमालेको तर्फबाट अध्यक्षमा डम्मर नेपाली र उपाध्यक्षमा समिता महर (साउँद) उम्मेद्धार हुनुहुन्छ ।

 

जिल्लाका १० वटै स्थानीय तहमा प्रमुख राजनितिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादि केन्द्र, राप्रपा लगायत दलका नेताहरुले प्रमुख पद सहित बिभिन्न पदमा उम्मेद्धारी दिएका छन् । कांग्रेस माओबादी केन्द्रले कतिपय स्थानमा केही पदमा तालमेल गरेका भने नेकपा एमालेले भने जिल्लाका १० वटै स्थानीय तहमा कसैसँग सहकार्य नगरि एक्लै मनोनयन दर्ता गरएको हो । कमलबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट ओमप्रकाश बिष्ट र उप–मेयरमा भुमीशरण ढाकल (बजगाई) को उम्मेद्धारी दर्ता भएको छ भने एमालेको तर्फबाट मेयरमा दिपक प्रसाद अधिकारी र उप–मेयरमा मना अधिकारीको उम्मेद्वारी दर्ता भएको छ । त्यहाँ कांग्रेस नेता सुरेन्द्र बिष्टले बागी उम्मेद्धारी दिनुभएको छ । कांग्रेसको तर्फबाट मेयरका आकांक्षी समेत रहनुभएका बिष्टले आफुले टिकट नपाएपछि बागी उम्मेद्धारी दिनुभएको हो ।

उहाँ बिद्यार्थी राजनीति कालमा प्रधानमन्त्री तथा कांग्रेस सभापती शेरबहादुर देउवाको नजिकको साथी हुनुहुन्थ्यो । देउवा नेपाल बिद्यार्थी संघको सभापती हुँदा उहाँ केन्द्रिय सदस्य हुनुहुन्थ्यो । यस्तै जिल्लाको साँफेबगर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा ध्वज बहादुर कुँवर र उप–मेयरमा रुपा आउजी, नेकपा एमालेको तर्फबाट मेयरमा कुल बहादुर कँुवर र उप–मेयरमा बिर्मला बुडथापा र माओवादी केन्द्रको तर्फबाट मेयरमा खकेन्द्र ओड र उप–मेयरमा बैजन्ती कँुवरको मनोनयन दर्ता भएको छ । यसैगरी साँफेबगर नगरपालिकाको मेयरमा कांग्रेस निकट किसान संघका जिल्ला सभापती ललित कुँवरले बागी उम्मेद्धारी दिनुभएको छ । त्यस्तै पञ्चदेवल बिनायक नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका देवराज देवकोटा र उपमेयरमा अम्बिका चलाउनेको उम्मेद्धारी दर्ता भएको छ भने एमालेको तर्फबाट मेयरमा नन्दबहादुर कडायत र उप–मेयरमा लक्ष्मी बोगटीको उम्मेद्वारी दर्ताभएको छ ।

 

उता ढकारी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा धन बहादुर बुढा र उपाध्यक्षमा लक्ष्मी साउँद, नेकपा एमालेको तर्फबाट अध्यक्ष नवराज साउद र उपाध्यक्षमा हेमा शाही तथा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा तुलाराम उपाध्याय र उपाध्यक्षमा उर्मिला कुमारी रिमालले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै ढकारीमा राप्रपाले अध्यक्षमा शिवराज उपाध्याय र उपाध्यक्षमा उर्मिला रिमालको मनोनयन दर्ता गराएको छ । यसैगरी कांग्रेसले टिकट नदिएपछि ढकारी गाउपालिकाको वडा नम्बर ६ ढुंगाचाल्नाबाट मोती सिंह बुढाले अध्यक्षमा बागी उम्मेद्धारी दिनुभएको छ । त्यहाँ उहाँ सहित ५ जनाले स्वतन्त्र उम्मेद्धारि घोषणा गर्नुभएको छ ।

 

जिल्लाको चौरपाटी गाउपालिकामा कांग्रेसको तर्फबाट अध्यक्षमा भीम साउँद र उपाध्यक्षमा माया कुँवरको मनायनयन दर्ता भएको छ भने नेकपा एमालेको तर्फबाट अध्यक्षमा हर्क साउँद र उपाध्यक्षमा सुशिला बोगटीको मनोनयन दर्ता भएको छ । यस्तै माओबादी केन्द्रको तर्फबाट रामबहादुर थापाले अध्यक्षमा उममेद्धारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्