तार पन्छाउ“दा करेन्ट



हेटौंडा,(नेस) । मकवानपुरको हेटाँैंडा–हात्तीस“ुडे सडकखण्डमा सञ्चालन हु“दै आएको सार्वजनिक यातायातमा करेन्ट लागेर एक यात्री घाइते भएका छन् ।

हेटौंडा–१८ बस्ने करिब २९ वर्षीय सुजन श्रेष्ठलाई करेन्ट लागेको हो । प्राथमिक स्वास्थ्य केन्द्र छतिवनका हेल्थ असिस्टेन्ट दिनेश गुप्ताका अनुसार घाइते श्रेष्ठको अवस्था चिन्ताजनक छ । बसको हुडमा बसेर यात्रा गर्ने क्रममा तार पन्छाउ“दा करेन्ट लागेको विद्युत् प्राधिकरण छतिवनका कर्मचारी केदार लामिछानेले बताए ।
करेन्ट लागेर गम्भीर घाइते श्रेष्ठको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि हेटांैडा रिफर गरिएको छ । धरान–चतरा सडकखण्डको बकैया–४ को पाङ्धुरेमा पर्ने उक्त सडक सुचारु छैन । प्रयोग गरिएको बैकल्पिक सडकमा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्