भरतपुर मतगणनाको फैसला आज, के होला ?



काठमाडौ (नेस) ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना सुचारु गर्नुपर्ने मागसहित सर्वोच्च आदालतमा परेको रिट निवेदनको सुनुवाई आज हुँदै छ । उक्त मुद्दा अदालतको दैनिक पेसी सुची अनतर्गत पहिलो नम्बरमा राखिएको छ ।

मुद्दा न्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको बेञ्चमा परेको छ । उक्त रिटको आज पराजुली र कार्कीको सयुंक्त इजलाजले टुंगो लगाउने सम्भावना देखिएको छ ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्