गुल्मीमा ७ स्वतन्त्र उम्मेदवारले प्रमुखमा मनोनयन दर्ता



अनिल खत्री,गुल्मी ।

दोस्रो चरणमा असार १४ गते हुने स्थानिय निर्वाचनको लागी आइतवार बिहानै देखि गुल्मीमा बिभिन्न पार्टीका उम्मेदवारहरु मनोनयन गरिरहेका छन् । जिल्लामा रहेका २ नगर सहित १० गाउँपालिकाको लागी उम्मेदवारहरुले मनोनयनका लागी निर्वाचन कार्यालयमा पुगेका छन् ।

गुल्मीमा रहेको रेसुङ्गा नगरपालिकामा मात्र नगर प्रमुखमा ३ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । जिल्लामा रहेका सबै स्थानिय तह मध्ये उक्त नगरमा धेरै स्वतन्त्र उम्मेदवार रहेका छन् ।

नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेहरुमा अजय पन्ती, नन्दराम राना, नित्यानन्द पाण्डेय रहेका छन् ।

गाउँपालिका प्रमुखमा ४ गाउँपालिकहरु स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । धुर्कोटगाउँपालिका शान्तबहादुर केसी, गुल्मी दरवार पदम बहादुर घर्ति, रुरु गाउँपालिका शम्भु गौतम,कालिगण्डकी रेशमराज न्यौपाने रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्