एमालेको जनलहर देखि डराएर चुनावी तालमेल : नेता ज्ञवाली



अनिल खत्री, गुल्मी ।
नेकपा एमालेका केन्द्रिय प्रदिप ज्ञवालीले एमालेको जनलहरबाट डराएर कांग्रेस माओवादीको तालमेल भएको बताएका छन् ।

आइतवार गुल्मीको रेसुंगा नगरपालिकाको मनोनयन दर्ता पछी आयोजित सभालाई सम्बोधन गर्दै नेता ज्ञवालील तालमेल र त्यसको परिणामा पहिलो चरणको चुनावमै जनताले फैसला गरिसकेकाले आत्तिनुनपर्ने बताए ।

रेसुंगा नगरपालिकामा अब जनताले परिर्वतन खोजेका छन् नेता ज्ञवालीले भने ‘असार १७ गते रेसुंगाबाट सुर्य उदाउदा नगरपालिमा पनि सुर्य मय बन्ने दाबी गरे ।’ देशका सबै ठाउँ एमालेको जनलहर छ नेता ज्ञवालीले भने ‘सबै खाले बिकासमा एमालेले पहल गर्ने प्रतिबद्धदताका साथ चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुको बिजयी नजिक रहेका दाबी गरे ।’

अब नेपाली जनताको पार्टी एमाले भैसकेकाले जनतालाई एमाले बन्न र समृद्ध नेपाल निर्माण गर्न कुनै शक्तिले रोक्न नसक्ने उनले बताए ।

लामो समयपछि हुन लागेको स्थानीय तह निर्वाचनमा उत्साहका साथ सहभागी बन्न सम्पुर्ण मतदाता एवं कार्यक्रर्ताहरुसंग नेता ज्ञवालीले आग्रह गरे ।

उनले राष्ट्रिय मुद्धाहरुका साथ पहिलो चरणको चुनावमा आफुहरु पहिलो पार्टी भएकाले सवै तहको चुनाव पछि एमालेले दुई तिहाईका सम्मान जनक मत ल्याउने बताए ।

 

प्रतिक्रिया दिनुहोस्