मनोनयन दर्ताको लागि सबै तयारी पुरा



काठमाडौं (नेस) ।
आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागिभोली आईतबार मनोनयन दर्ता हुने भएको छ । निर्बाचन आयोगले भोली बिहान ८ बजे देखि साँझ ४ बजे सम्म मनोनयन दर्ताका लागी समय तोकेको छ ।

आगामी असार १४ गते प्रदेश नम्बर एक, पाँच र सातमा निर्बाचन हुने बताइएको छ ।

प्रदेश नम्बर दुई निर्बाचन भने आगामी असोज २ गतेका लागी तोकिएको छ । राष्ट्रिय जनता पार्टीले संविधान संसोधनको मागलाई थाँती राख्दै निर्बाचनमा भाग नलिने अडान कायमै राखेको छ ।

प्रतिक्रिया दिनुहोस्