रसुवाको स्वास्थ्य संस्थाको सेवा व्यवस्थित वनाइँदै



रसुवा, (नेस) ।
रसुवामा रहेको स्वास्थ्य संस्थाबाट प्रदान गरिँदै आएको सेवालाई व्यवस्थित वनाउँने कार्य सुरु भएको छ ।

जिल्लामा सञ्चालित स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन बारगत रुपमा सेवा सुरु गरिएको हो ।

स्वास्थ्य चौकीलाई सिटामोल सेन्टरको रुपमा नभई भरपर्दो प्राथमिक उपचार केन्द्रको रुपमा विकसित गर्ने उद्देश्यले हप्ताको ६ दिन फरक फरक सेवा प्रदान गर्न थालिएको छ । हरेका दिन विशेष सेवा सञ्चालन गरिएपनि नियमित सेवामा कुनै असर नपर्ने कार्यालयले जनाएको छ ।

जिल्लाको उत्तरगया गाउँपालिकामा रहेको ठुलोगाउँ स्वास्थ्य चौकीले आइतबार मानसिक रोग परामर्श, सोमबार गर्भवती हेरचाह परामर्श, मंगलबार प्रतिवेदन विवेचना, बुधबार इम्प्लान्ट तथा कपर टि सेवा, बिहिबार दन्त सेवा र शुक्रबार फलोअप र खवर गर्ने काम सुरु गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख डा झलक शर्मा गौतमले भन्नुभयो ‘ठुलोगाउँबाट सेवा सुरु भयो अव जिल्लाको १७ वटै संस्थाबाट सेवा व्यवस्थीत वनाउँनका लागि निर्देशन दिएका छौँ ।

विशेष सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी नियमित वस्ने र पुरा समय वस्ने अपेक्षा गरिएको कार्यालयले जनाएको छ ।

साथै बर्षा सुरु भएकाले स्वास्थ्यकर्मीलाई पुरा समय कार्यालयमा वस्न र तयारी अवस्थामा रहन समेत निर्देशन दिएको प्रमुख गौतमले वताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्