आन्दोलन चर्काउने राजपाको निर्णय, उम्मेदवारी दर्ता र मतदानका दिन बन्द घोषणा



नेपाल समाचारपत्र, काठमडौं । दुई नम्बर प्रदेशको मात्रै निर्वाचन सार्ने सरकारको निर्णयबाट रुष्ट बनेको राष्ट्रिय जनता पार्टी नेपालले आज बोलाएको बैठकमा आन्दोलन थप चर्काउने निणर्य गरेको जनाएको छ ।

राजपा नेपालले आफ्ना माग पूरा नभएसम्म चुनावमा भाग नलिने र आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो।

काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय, हाल राजपाको सम्पर्क कार्यालयमा राजपा नेपालको अध्यक्षमण्डलको बैठक बसेको थियो।

 

आन्दोलनका कार्यक्रम थप्ने र थप चर्काउने विषयमा छलफल भएको अध्यक्ष मण्डलका सदस्य अनिल झाले नेपाल समाचारपत्रलाई बताए ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाका अनुसार बन्द कार्यक्रमको आज अन्तिम दिन थियो । भोली लाठी जुलुस र पर्सी अर्थात ४ गते मनोनय दर्ता गराउने दिन मधेश बन्द कार्यक्रम थप गरेको छ ।
अरु आन्दोलनका सबै कार्यक्रमहरु यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्