फोटो अवार्ड–२०१७ आयोजना हुँदै



काठमाण्डौं । काठमाण्डौं फोटोग्राफर संघले पाचौं पटक क्यानन केपिए विडिङ फोटो अवार्ड–२०१७ आयोजना गर्ने भएको छ । काठमाण्डौं उपत्यकाका सबै किसिम र तहको फोटो व्यवसायी गर्ने फोटोग्राफरहरुलाई आवद्ध गरि फोटो ग्राफरहरुको पेशागत स्तर माथि उठाउने उदेश्यले यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।
यस प्रतियोगितामा झन्डै १ हजार फोटोग्राफरहरु सहभागि हुने अपेक्षा संघले गरेको छ । यस प्रतियोगितामा प्रोफेशनल स्टुडियो फोटोग्राफरले भाग लिन पाउने छन् । एक जना फोटोग्राफरले २ ओटा सम्म फोटो समावेश गर्न पाउने व्यवस्था संघले गरेको छ ।
१०×१२ अथवा ८×१२ साईजमा फोटो प्रिन्ट गरी सो फोटोको सफ्टकपिको साथमा फाराम भरि बुझाउनुपर्ने छ । फोटो तथा फाराम यहि असार २५ गते भित्र बुझाउनुपर्ने संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
यस प्रतियोगितामा विजयी प्रथम, द्धितिय र तिृतियलाई क्रमश क्यामरा लगायतका सामाग्री प्रदान गरिनेछ । दर्शक छनोटका लागि संघले फेसबुक पेज प्रगोग गर्नेछ ।
प्रतियोगिताको बिजेता धोषणाकार्यक्रम साउन ७ गते काठमाण्डौंको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना गरिनेछ । र उत्कृष्ट सय फोटोलाई ९, १० र ११ गते तिनदिन सम्म नेपालमा परिषद् बबरमहलमा प्रदर्शनिमा राखिनेछ ।
बिजेता घोषणा कार्यक्रमको दिनमा कार्यक्रम स्थलमा फोटोग्राफि सम्बन्धि विभिन्न सामाग्रिको स्टलहरु पनि रहनेछ । फारम बुझाउनको लागि फोटोग्राफरले काठमाण्डौं फोटोग्राफर संघ बानेश्वर, काठमाण्डौं डिजिटल फोटो एक्सप्रेस सामाखुसि, फोटो हलिवुड कमलादि, सुपर डिजिटल बानेश्वर कलर ल्यावबानेश्वर, फोटो कन्सर्ट न्युरोड, फोटो प्वाईन्ट न्युरोड, नेशनल कलर ल्याब क्वीक डिजिटल कलरभक्तपुर, डिजिटल वल्र्ड जावलाखेल, पोखरा फोटोग्राफर संघ पोखरा, चितवन फोटोग्राफी संघ नारायनगढ, र लुम्बिनीफोटोग्राफर संघ बुटवल गरी बाह्र स्थानमा फारम तथा फोटो बुझाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्