मेयरमा भिड्दै दुई प्यूठानी महिला



सलिम अनसारी,प्यूठान ।
यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्यूठान जिल्लाका दुई महिला नेत्रीले मेयरमा प्रतिस्पर्धा गर्ने भएका छन ।

महिलाहरु पनि नेतृतव गर्न सक्षम छन भन्ने सन्देश दिँदै साना दलले उनिहरुलाई सर्बसहमतले मेयरको उम्मेद्धवार बनाएका हुन । यसरी मुख्य पदमा प्रतिस्पर्धा गर्नेहरुमा प्यूठान नगरपालिकाबाट नयाँ शतिm नेपालबाट भगवती सुवेदी र नेकपा मालेबाट ललिता भण्डारी मेयरका उम्मेद्धवारका रुपमा प्रस्तुत भएका छन।

आशन्न निर्वाचनका लागि टिकट बाँडने सिलसिलामा पनि प्रमुख राजनितीक दलले नै महिलालाइ उपप्रमुख मै सिमीत गरेका छन। मुख्य पदमा पुरुष नेतृत्व हावी भएकैले दलहरुमा अझै महिलाहरुलाइ माथी उठाउनुपर्छ भन्ने चेतना नै न आएको टिकट बितरणको प्रबृतीको सन्देश छ।

जिल्लामा सर्वाधिक चासोका साथ हेरिएको प्यूठान नगरपालिकाको मेयरमा सुवेदी र भण्डारीले दुइ फरक फरक दलबाट उम्मेद्धवारी दर्ज गर्ने तयारीमा छन। बिजुवार टारीकी भगवता सुवेदी युवा पुष्ता र महिला कि हिम्मतवाली र आँटिली उम्मेद्धवारको रुपमा चिनिएकी छन। उनि भन्छिन प्रमुख पद लिनुभनेको महिलाका लागि चानचुने हैन।यो महत्वपूर्ण जिम्मेवारी हो। जव हिम्मत गरिन्छ तव लिइन्छ।

महिला शसतिmकरणलाइ मुख्य मुद्धा बनाएर चुनावी प्रचारमा लागेकी उनि महिला हिसाँ, सामाजिक बिभेद र महिलालाइ आर्थिक रुपमा सक्षम बनाउन महत्वपुर्ण भूमिका रहने बताउछिन।

नगरपालिका भित्रका सवै क्षेत्रमा सडक,वाटो विस्तार,खानेपानी,स्वास्थ्य र शिक्षा क्षेत्रको व्यावस्थानमा जोड दिएकी छिन।पार्टीको केन्द्रिय परिषद सदस्य समेत रहृकी सुवेदी २०४४ साल देखि राजनितीमा सक्रिय छिन।

तत्तकालिन समयमा नेकपा मसालको राजनिती यात्रामा थालेकी उनि पार्टीमा क्रियाशिल भएकै कारण आफु २०४६ सालको जनआन्दोलनमा १५ दिन सम्म हिरासतमा बस्नुपरेको सुनाइन। २०५४ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन बिजुवार ७ टारीकि वडा सदस्यमा निर्वाचित सुवेदिले यसपाली पनि आफुले जित्ने अठोट गरेकि छन।

मसाल बिभाजन भएपछि उनि त्यसबाट अलगिएको नेकपा एकिकृतको धारमा आफुलाइ उभ्याइन। सुवेदि त्यतिवेला नेकपा एकिकृत कि केन्द्रिय सदस्य थिइन।

२०६६ सालमा नेकपा एकिकृत फेरी तत्कालिन एनेकपा माओबादीसँग पार्टि एकता भयो। उनले त्यहाँ राज्य समितीको जिम्मेवारी सम्हालिन। माओबादी केन्द्रबाट अलगिएर डा बावुराम भटराइले २०७३ मा नयाँशतिm नेपाल पार्टि घोषणा गरे। सुरु देखि वावुरामको लाइनमा अडिग रहेकी महिला नेतृ सुवेदी महिला शतिm महासँघ कि केन्द्रिय सचिव समेत हुन।

महिलाले नेतृत्व गर्न सक्दैन्न भन्ने सामाजिक चुनौतीलाइ तोडन पनि आफु उम्मद्धवार बनेको उनले बताइन।

नेकपा मालेवाट नगरपालिकामा मेयरको उम्मेद्धवार बनेकी ललिता भण्डारीले पनि महिलाको मुद्धालाइ प्राथमितmा दिएर चुनावी मैदानमा होमीएकि छिन।

उमेरले ५० वर्ष पुगेकी उनले महिला र पुरुषमा समान्ता ल्याउनका लागि आफू उम्मेद्धवार हुने निर्णय गरेको बताइन।अखिल नेपाल प्रगतिशिल महिला सँघकि जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य समेत रहेकि भण्डारी २०६६ दखि राजनितीमा क्रियाशिल हुदै आएकी हुन।

प्यूठान नगरपालिका ३ विजयनगर निवासी महिला नेतृ भण्डारीले सुविधा सम्पन्न नगर बनाउन आफु प्रतिवद्ध रहेको बताइन।जिल्ला स्थित दलहरुले वडा अध्यक्षमा उठाएका उम्मेद्धवारमा समेत महिलाको नाम थोरै छ।
नया शतिm नेपालबाट प्यूठान नगरपालिकामा मेयरकी महिला उम्मेद्धवार भगवती सुवेदी

प्रतिक्रिया दिनुहोस्