सेनाका विजेता खेलाडी सम्मानित



 

नेपाल समाचारपत्र
काठमाडौं
हालै विभिन्न प्रतियोगितामा उपाधि जितेको त्रिभुवन आर्मीका खेलाडीहरूलाई मंगलबार पुरस्कार वितरण गरी सम्मान गरिएको छ।

जितेका सेनाका खेलाडीहरूलाई प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले पुरस्कार प्रदान गरी बधाई दिनु भई खेलाडीहरूमा थप सफलताका लागि हौसला प्रदान गर्नुभएको थियो। सम्मानित हुनेमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता क्रिकेट टोली, ललित स्मृति यु–१८ च्याम्यिनसिप फुटबल प्रतियोगिताको विजेता यु१८ फुटबल टोली र ‘हेटौडा कप राष्ट्रिय महिला हक्की’ प्रतियोगिताको विजेता महिला हकी टोलीका सदस्य सम्मानित भए।

यसै गरी तेन्जिङ हिलारी एभरस्ट म्याराथन (६० कि.मि.) मा पहिलो र तृतीय भएका धावकहरू, चिनमा सञ्चालन भएको याडिङ स्काइ रन (३० किमि.) मा पहिलो हुने धावक र भुटानमा सञ्चालन भएको अन्तर्राष्ट्रिय कायरोगी र दोस्रो अन्तर्राष्ट्रिय पूमस्क प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गरेका तेक्वान्दोका खेलाडीहरूलाई सेनाको जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच सम्मानित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्