बन्दले सल्यानमा तरकारी विक्रि भएन, किसानहरु निराश



सरिता चलाउने, सल्यान ।
नेपाल कम्युनिष्ट पार्टिको बन्दले गर्दा सल्यानमा तरकारि नविक्दा किसानलाइ मार परेको छ । जिल्लाकै ठूलो तरकारि बजारको रुपमा रहेको कृषि उपज बजार केन्द्र कपुरकोटमा तरकारि वेच्न ल्याएका किसानहरुले बन्दको कारण आफ्नो तरकारि व्यापारिहरुले खरिद गर्न नमानेको जनाएका छन् । किने पनि बन्दको कारण देखाउंदै सस्तो मुल्य दिने गरेको किसानहरुको गुनासो छ ।

 

बन्द, हड्तालको कारण बल्ल तल्ल मिहेनत गरेर फलाएको तरकारि नविक्ने र यसले किसानहरुलाइ सांझ विहानको छाक टार्न समेत मुस्कील हुने अवस्था आएको कपुरकोट गाउंपालिका ३ दमारखोलाका प्रदिप खड्काले जनाए ।

 

कपुरकोटमा मंगलबार लागेको तरकारि बजार दोश्रो तरकारि बजार हो । दोश्रो बजारमै तरकारि नबिक्दा आफुहरु निरास भएको मुलपानीकी किसान मैना बुढाथोकीले जनाइन् ।

 

तरकारि खरिद गर्न आएका व्यापारि सोनु रहमान काजिले बन्दको कारण गाडी नचल्दा समयमै बुटवल लगाएतका बजारमा तरकारि पु¥याउन नसक्दा किसानको तरकारि विक्रि नभएको तथा विक्रि भए पनि कम मुल्यमा विक्री हुने गरेको जनाए ।

 

सल्यानका किसान तथा व्यापारिहरुले बन्दले परिश्रम गरेर सांझ विहानको दुइ छाक जुटाउने नागरिकलाइ बढि सास्ती हुने भएकाले सम्बन्धीत पक्षलाइ ध्यान दिन आग्रह गरेका छन् ।

 

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले आज एक दिन बन्द आह्वान गरेको हो । राप्ती बन्दको कारण सल्यान सहित पांचवटै जिल्लामा प्रभाव देखिएको छ । र बन्दको कारण विहानै देखि यातायात, बजार, कलकारखाना, शैक्षिक संस्था चल्न सकेका छैनन् ।

 

शान्तिपुर्ण रुपमा निर्बाचन बहिस्कारको नितिमा रहेको आफ्नो पार्टिका नेता तथा कार्यकर्तालाई राज्यले पक्राउ गरेको बिरोधमा बन्दको गरिएको नेकपा सल्यानका सेक्रेटरी लोकपाल केसीले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्