प्रहरी सुरक्षामा सवारीसाधन गन्तव्यतर्फ पठाइयो



सलिम अन्सारी,प्यूठान
नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले घोषणा गरेको आजको बन्दले जिल्लाको जनजीवन प्रभाबित भएको छ ।

नेकपाले बिज्ञप्ती मार्फत बन्दको आव्हान गरेपछि यहाँ प्रहरीले सुरक्षा दिएर यातायात सँचालन गरेको हो। मँगलवार बिहान रोल्पा तथा प्यूठान भित्रने यातायातका साधनलाइ सुरक्षा दिएर गन्तव्य तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको हो ।

राजधानी र कपिलबस्तु, दागँ लगायतका ठाउँबाट जिल्ला भित्रने लामो दूरीका यात्रु वस, मालबाहक सवारी र साना गाडिलाइ बिहानै देखी सुरक्षा दिएर गन्तीय तर्फ पठाइएको प्यूठान प्रहरी प्रमुख डिएसपी रन्जित सिहँ राठौरले बताए ।

प्रहरीले साना ठुला गरेर दुइ दर्जन सवारीलाइ सुरक्षा दिएर सुचारु गरेको हो। यसैबिच आजै प्रहरीले राष्टिय युवा जनस्वयँसेवकका केन्द्रिय सदस्य हरी बस्नेतलाइ १ घण्टा नियन्त्रणमा लिएर बिहान छोडेको छ । बन्दको अवज्ञा गरेर मोटरसाइकल चलाएको भन्दै सो पार्टीका कार्यकर्ताले पुण्यखोलाबाट ८ वटा मोटरसाइकलको चावी समेत खोसेर राखेका छन। आफनो पार्टीका नेता तथा कार्यकर्तालाइ बिनाकारण राज्यले पक्राउ गरी मुद्धा लगाएको भन्दै त्यस्को बिरोधमा नेकपाले आजको दिन राप्ती बन्दको आव्हान गरेको थियो ।

बन्द साझ ५ बजेपछि खुल्ने श्रोतले जनाएको छ। बन्दका कारण जिल्लाका मुख्य व्यापारिक केन्द्र बाग्दुला, बिजुवार, बहाने, मच्छी भिगृ, चकचके लगायतका बजार पुर्ण रुपमा सुनसान भएका छन। सडकमा बन्दकर्ता कोहि नदेखिए पनि यातायात र वजार पुर्ण रुपमा बन्द भएका छन। अत्यावश्यक सवारीसाधनलाइ भने रोकिएको छैन ।

बिहानै देखि सदरमुकाम सहित मुख्य वजार र सडकमा म्यादि सहितका सुरक्षाकर्मी तैनाथ छन। ग्रामीण भेगका बजारहरु खुलेपनि ग्राहकको चहलपहल भने खासै देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्