मेसी भर्सेस रोनाल्डो



 

लन्डन, (एजेन्सी)
विश्वका दुई स्ट्राइकरबीच अहिलेसम्म पनि तुलना भइरहेको छ। बेलेन डीअरमा वर्चस्व जमाएका यी दुई खेलाडीले धेरै दर्शनीय र स्मरणीय क्षण पनि बनाएका छन्। विश्वभरिका करोडौं समर्थक यी खेलाडीको प्रदर्शन र गोलमा रमाउने क्षण बनिरहेको पनि छ। बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी र रियल मेड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबीच अहिले नयाँ विषयमा तुलना भएको छ।

प्रत्येक साताको आम्दानी
रोनाल्डोः लिस्बन अखबार कोरीइयो डी मान्हाले जनाएअनुसार उनको प्रत्येक सिजनको आम्दानी करिब २ करोड ३७ लाख युरो। कर तिरेर पनि उनको साताको आम्दानी ४ लाख ५५ हजार युरो।

मेसीः जुलाईमा नयाँ सम्झौतापछि उनको सिजनमा ३ करोड युरो हुन्छ। उनको साताको आम्दानी ५ लाख ७६ हजार ९ सय २० युरो।
क्लबबाट बेच्ने रकम
रोनाल्डोः १ अर्ब युरो
मेसीः ४० करोड युरो
अन्य ठूला सम्झौता
रोनाल्डोः वर्षमा नाइकसँग करिब २ करोड ४० लाख युरो। फोब्र्सको २०१६ जुन १ देखि २०१७ जुन १ सम्म गरेको सर्वेक्षणअनुसार उनी सर्वाधिक कमाउनेमा पहिलो नम्बरमा रहेका छन्। उनले एक वर्षमा ७ करोड १८ ला पाउन्ड कमाएका छन्।

मेसीः एडीडाससँग करिब १ करोड युरोमा सम्झौता। फोब्र्सको सूचीमा मेसी ६ करोड १८ लाख पाउन्डसहित तेस्रो धनी खेलाडी बनेका छन्।

पैसासँग के गर्छन् ?

रोनाल्डोः गत वर्ष रोनाल्डोले मोन्टे कार्लोमा १४ करोडमा होटल किनेको। उनीसँग पहिल्यै न्युयोर्क, मेड्रिड र लिस्बनमा सीआरसेभेन होटल छन्।
मेसीः हालै उनले बार्सिलोनामा ७७ कोठा भएको चार तारे होटल किनेको। एमआईएम नामाकरण गरेको होटलको कोठामा एक रातको मूल्य ३ सय युरो राखिएको छ

प्रतिक्रिया दिनुहोस्