भूकम्पको अर्को धक्का



काठमाडौं, (नेस)
सोमबार साँझ दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर ३९ मिनेटमा सो क्षमताको पराकम्प गएको हो।

२ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर महाभूकम्प गएयता ४ रेक्टर स्केलभन्दा माथिका ४ सय ८२ पराकम्प दोहोरिएको भूकम्प मापन केन्द्रले जनाएको छ।

बारपाक केन्द्रको भूकम्पले प्रत्यक्ष असर पुर्याएका जिल्ला आसपासमा दोहोरिने कम्पलाई केन्द्रले पराकम्पका रुपमा बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्