नगर भित्रकै गाँउमा खाने पानीको हाहाकार



ललित सिहं, बझाङ्ग ।
मान्छेको सोच हुन्छ नगरपालिका भए पछि जनताले पाउने सेवा सुबिधा र बिभिन्न बिकासका पूर्वाधारहरुको छिटो बिकास हुन्छ भनेर तर बझाङ्गको जयपृथ्बी नगरपालिका भित्रकै कुनै गाँउहरु यस्तो छन्की जहाँ पाँच लिटर पिउने पानी को लागी ३ घण्टा पैदल हिडेर गुजारा चलाई रहेका छन् ।

 

२०७१ सालमा मानवतावादी राजा जयपृथ्बी बहादुर सिहंको नामबाट नामाकरण गरी घोषणा गरीएको जयपृथ्बी नगरपालिकाका ग्रामीण भेगमा रहेका स्थानीय बासिन्दाहरुको लागी नभई नगर भित्रकै हुनेखाने र अधिकृतहरुकै लागी स्थापना गरेको जस्तो लागेको जयपृथ्बी नगरपालिका ८ बारिल गाँउका स्थानीय बासिन्दा धनलाल बोहराले बताउनु भएको छ ।

 

उनले भन्नु भयो हामीबाट सानो किराना पसलको कर पनि सदरमुखकाममा रहेका ठुला पसलहरुकै बराबरी कर लिने गरेका छन् । नगर बिकासको लागी आएको रकम सबै नगरपालिकाको आसपासमा रहेका गाँउमा र पहुचबालाको गाँउमा मात्र बिकासका योजनाहरु दिने गरेको छ नगरपालिकाले हामी बिकट गाँउका स्थानीयलाई कर तिर्न धौ धौ छ तर गाउँको हालत भनेको उहि पुरानै छ हामीलाई नगरबासी भन्नु सरम लाग्ने अवश्था रहेको छ ।

 

२०५२ सालमा जिल्ला खानेपानी डिभिजन कार्यालय बाट लागु भएको बारिल खाने पानीको मुहान गाँउ भन्दा ११ किलोमिटर टाढा भएकाले सो योजना पनि कागजमै सिमीत भए पछि सुख्खा धार गाँउमा २ चार मात्र छ तर पानी धारामा पुग्न नसकेको स्थानीय कैले बोहरा बताउछन् ।

 

जयपृथ्बी नगरपालिका ८ बारिल र यसैगरी जनपा ११ सुईलमयाना गाँउमा भने नगरपालिकाको आभास समेत गर्न सकेका छैन् मानब जिबनमा दैनिकी आबश्यक पने स्वच्छ खाने पानी त परै जाओस् खोलाको दुसित पानी पीउन पनि ३ घण्टा पैदल हिड्नु पर्ने बाध्यता रहेको छ । करीब १२ सय घरधुरी रहेका यी गाउँमा न शिक्षाको उचित ब्यावस्था छ नत स्वास्थ्य नत खानेपानीको, बिकासका पूर्वाधारमध्ये अन्य केहुन्छ हामी गाँउलेलाई थाहै छैन् ।

 

केहि कुरा थाहा भए पनि हामी बिकटका बासिन्दा भनेर हाम्रो कुराको सुनुवाई गर्न पनि पैसा लाग्ला जस्तो कार्यलयका कर्मचारीहरु गदै आएको जयपृथ्बी नगरपालिका ११ मयाना गाँउका स्थानीय बासिन्दा जोग्गीरी बोहराले बताए । उनले भने हामी बाट लिनु पर्ने कर कटौती बिभिन्न तरीकाले ललाई फकाई र धम्काई लिने गछन् तर हामीले पाउने सेवा सुबिधामा भने आफ्रनो वाकसबाट दिनु पर्ने भए जस्तो ब्यावहार गदै आएको बताए ।

आज सम्म पनि हामी पिछडिएका पिछडीएकै छौ हाम मर्का नत राजनितिक दलका नेता बुझ्छन् नत कार्यलयका कर्मचारी हामीलाई नगरपालिका काठमाण्डौ को सिहंदरवार जस्तै छ हामी बिकासीय सेवा कहिल्यै लिन सक्दैनौ हामीले भनेका कुराहरुको पनि सुनुवाई हुदैन् ।
नगरपालिका बिकासका लागी भनेर बार्षिक करोडौ रकम आउन्छ तर बिकासका पूर्वाधारहरु हेर्ने हो भने नगरपालिका जस्तो पनि देखिदैन् दयनीय अवश्था छ । ग्रामीण बस्तीमा नमोटरबाटो छ नत अन्य कुनै सेवासुबिधाहरु छन् ।

 

नगरपालिकामा आएको बिकासीए बजेट जनमुखी नभएर ब्यक्तीमुखी बन्दै गएको हुनाले नगरको बिकास हुन नसकेको जिल्लाका बुद्धीजिबी सरकलहरको भनाई रहेको छ ।

यता जयपृथ्बी नगरपालिका का कार्यकारी अधिकृत अम्मराज खत्रीका अनुसार यी गाउँहरु नजिकैको बिकट गाँउहरु हुन् तर अब यी गाँउमै पुगेर बिकासीए योजना बनाउने छौ अबको स्थानीय सरकारले पनि ग्रामीण भेगमा रहेका स्थानीय जनतालाई सम्मान अधिकार दिने छ र यो हाम्रो नगरपालिका बाट त्यस ठाउँका स्थानिय बासिन्दाहरुलाई केहि पनि बिभेद नगरेको कार्यकारी अधिकृत अम्मराज खत्रीले दाबी गर्नु भएको छ ।

 

फोटो क्याप्सन जयपृथ्बी नगरपालिकाको वडानं. ११ सुईलमयाना गाँउकी स्थानीय महिला खाने पानीको आफैले किनेर ल्याएको पाईपमा पानी नआएका कारण पानीको पर्खाईमा बसेकी भुजी बोहरा र सिन्की बोहरा तस्बीर ललित सिहं

प्रतिक्रिया दिनुहोस्