अझै भेटीएनन दाङका व्यापारी श्रेष्ठ



नरेन्द्र केसी, दाङ ।

दाङको तुलसीपुरका एक ब्यापारी सल्यानमा बेपत्ता भएका छन् ।

 

बुटवल बस्त्रालयका प्रोप्राईटर राजकुमार श्रेष्ठ रोटरी क्लबको बैठकमा जाने भन्दै घरबाट पौने आठ बजेतिर निस्कनुभएको थियो । उहाँ चढेको बा १२ च १०७१ नम्बरको गाडी कपुरकोट गाउँपालिका को ५ र ६ स्थित सल्यानको सिनबाङ र रिमको विचमा फेला परेको छ ।

 

श्रेष्ठको खोजीका लागि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहको नेतृत्वमा प्रहरी सल्यान पुगेको छ ।

 

प्रहरीका अनुसार मोबाइल अफ छ । श्रेष्ठ सवार गाडीको दुईवटा टायरको हावा फुस्काएको बताइएको छ । श्रेष्ठ चढेको गाडि श्रेष्ठकै भएको प्रहरीले बतायो । दैनिक लाखौं कारोबार गर्ने श्रेष्ठ दाङमा नाम चलेका व्यापारी हुन् । यस अघि गत कात्तिकमा उनको ३० लाख भारतीय रुपैयाँ तुलसीपुर बसपार्कबाट लुटिएको थियो ।

 

श्रेष्ठको गाडि नजिकै भारतिय नम्बरको गाडि पनि फेला परेको छ । एचपी ११८६४८ नम्बको गाडि र दुइ जना भारतीय नागरिक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । स्काभेटरको पैसा लिन रुकुम जानेक्रममा तुलसीपुर सल्यान सडकको सोलाबाङबाट भारतीय नागरिक चढेको गाडिलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । दुई भारतीय नागरिक कपुरकोट प्रहरीको नियन्त्रणमा छन् । व्यापारी श्रेष्ठ आफै बेपत्ता भएका हुन या कसैले अपहरण गरेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्