झाडापखालाले एकै गाउँका दर्जन बढि विरामी



सलिम अन्सारी,प्युठान ।
यहाँ एकै गाउँका दर्जन भन्दा बढि स्थानीय झाडापखालाका कारण बिरामी परेका छन। स्वर्गद्धारी नगरपालिका ५ सारीका स्थानीय शुक्रवार बिहान देखी बिरामी परेका हुन।

सो वडाका उपल्लो सारी स्थित खत्री टोलका एकै पटक १४ जना भन्दा बढि बिरामी परेको समाचारकर्मी सिपी पौडेलले जानकारी दिए ।

दुषित पानीका कारण शनिवार स्थानीयमा झाडापखाला देखिएको हो। ती बिरामीहरु मध्ये ६ जनाको स्वास्थय चौकी सारी र ८ जनाको प्राथमिक स्वास्थय केन्द्र भिगृमा उपचार भइरहेको छ । बिरामीहरु मध्य २० बर्षिया किरण खत्रीको अवस्था भने नाजुक छ ।

उपचारपछि उनीहरुको अवस्था सामान्य आशा गरिएको प्राथमिक स्वास्थ्य उपचार केन्द्रका जनस्वास्थय निरिक्षक चुरामणी पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्