सुरक्षाको माग गर्दै पर्साका पत्रकार सडकमा



कृष्णउदास खनाल, वीरगन्ज ।
राजनीतिक सरगर्मी बढेसंगै पर्सामा संचारकर्मीहरुमाथि आक्रमण हुनेक्रम पनि बढ्ने गरेको पाइएको छ । मधेश आन्दोलनको केन्द्रबिन्दु रहेको वीरगन्जमा मधेश आन्दोलनका समयमा पनि पत्रकारहरु आक्रमणको शिकारमा परेका थिजए भने अहिले स्थानीय तहको निर्वाचनको मुखैमा पनि पत्रकारहरुमाथि आक्रमणको श्रृखला रोकिएको छैन ।
पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीमाथि आक्रमण भएको भन्दै पर्साका संचारकर्मीहरु शुक्रबार वीरगन्जनको सडकमा उत्रिएका छन्। काम सकेर घर फर्कनेक्रममा कथित मधेशी बिरोधी भएको भन्दै उपाध्यक्ष तिवारीमाथि तीन दिन अघि दुब्र्यवहार गरिएको थियो । नेपाल पत्रकार महासंघ वीरगन्ज शाखा पत्रकार अनुप तिवारी माथि दुव्र्यवहार गर्नेहरुलाई कडा कारबाहीको माग गर्दै शुक्रबार वीरगन्जमा पत्रकारहरुले विरोध ¥याली निकालेका छन् । प्रहरीमा किटानी जाहेरी दिएको भएपनि प्रहरी प्रशासनले कारबाहीका नगरेको भन्दै महासंघ वीरगन्ज शाखाको आव्हानमा विरोध ¥याली निकालिएको हो । घण्टाघरबाट निकालिएको विरोध ¥याली आदर्शनगर, दुई नम्बर रोड हुँदै पुन घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो ।
सभामा बोल्दै नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जराले दोषीलाई पक्राउ गरी कारबाही नगरे अझै कडा आन्दोलन गर्ने बताउनुभयो । स्वतन्त्र रुपमा कलम चलाउन पाउने अधिकारबाट वञ्चित गर्ने जोसुकै विरुद्ध पत्रकारहरु संगठित भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । ¥यालीमा नेपाल पत्रकार महासंघ पर्सा शाखा पूर्व अध्यक्ष शत्रुघ्न नेपाल, पूर्व उपाध्यक्ष ध्रुव साह, शाखा सचिव युवराज खड्का लगायत पदाधिकारी, पूर्व पदाधिकारी, शाखा सदस्य, पत्रकारसँग सम्बद्ध विभिन्न संघ संगठनका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्