उपचारका गर्न डाक्टरका पुग्दै धामी झाक्रीहरु



नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल राजपुरले सञ्चालन गरेको निशुल्क स्वास्थ्य सिबिरमा डाक्टर बाट स्वास्थ्य परिक्षण गराउदै (धामी ) विष्णु बहादुर रावल । तस्विर – विमल विष्ट/डोटी

विमल विष्ट, डोटी ।
कुनै समय डाक्टरले निको पार्न नसकेको उपचार आफुले निको पर्न सक्ने दाबी गर्दैआएका डोटीका धामी झाँक्रीहरु पछिल्लो समय डाक्टरले सञ्चालन गरेका स्वाथ्य सिविरमा गएर आफनो उपचार गराउन थालेका छन् ।

आफुमात्र नभई उनिहरु अहिले गाउका अन्य बिरामीलाई पनि डाक्टर कहाँ गएर औषधोपचार तथा चेकजाँच गराउन सल्लाह दिन थालेको डोटीको शिखरनगरपालिका ९ का टेकबहादुर रावलले बताउनु भयो । उहाँले भन्नु भयो ‘धामीलाई देउता काप्न खबर गर्न जाँदा अहिले उनिहरु पहिला अस्पताल लैजाउ डाक्टरलाई चेक जाँच गराउ,डाक्टरले नसके हामी हेरौला भन्छन् ।’
नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल,राजपुर मतहत रहेको न ५ फिए तथा न २५ फिएले शिखर नगरपालिका ९ तिल्तालीका जनतालाई घरैमा निशुल्क स्वास्थ्य सेवा दिने उदेश्यले सञ्चालन गरेका निशुल्क स्वास्थ्य सिबिरमा प्राय जसो धामी झाक्रीहरु आफनो उपचार तथा चेकजाँच गराउन आएका थिए ।

धामी झाक्री प्रति निकै बिस्वास तथा आस्था राख्ने सुदूरपश्चिमेलीहरु धामी झाक्री पनि डाक्टर कहाँ गएर औषधी उपचार गराउन थालेपछि बिरामीहरु पनि उपचार गराउन स्वास्थ्य संस्थामा आउने क्रम बढेको स्थानियबासीको भनाई छ ।
स्थानियबासीका अनुसार ‘पहिला यहाँका मानिस बिरामी पर्दा खासै अस्पताल तथा डाक्टर कहाँ आउने चलन थिएन गाउमै धामी झाक्री खोज्ने चलन थियो,अहिले बिरामी पर्दा धामी नै अस्पताल तथा डाक्टर खोज्न थालेपछि गाउका बिरामी स्वास्थ्य संस्थामा आउने लर्को लागिरहेको छ ।’ पल्लिो समय बिभिन्न किसिमका रोगहरु देखा पर्न थालेको र देउताकै भर पर्दा ज्याननै खतरमा पर्ने भएकाले धामी झाक्रिले बिरामीलाई अस्पताल तथा डाक्टर कहाँ पठाउने गरेका हुन् ।

बिरामीहरु उपचार गराउन अस्पताल तथा डाक्टर खोज्न थालेपछि सुदूरपश्चिमका अधिकाँस धामी झाक्रीको आम्दानीमा सुन्य हुन थालेको स्थानियबासी बताउछन् । उनिहरु भन्छन् ‘धामी झक्री नै डाक्टर खोज्न जानथालेपछि उनिहरुकोमा कोजाने अनि आम्दानी सुन्य नै हुने भयो नी ।’

 

SONY DSC

प्रतिक्रिया दिनुहोस्