कामदारका बारेमा सरकार गम्भीर, उच्चस्तरीय कार्यदल गठन



काठमाडौं, (नेस)
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्नुभएको छ।

परराष्ट्र मन्त्रालयको संयोजनमा गृह, अर्थ र श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधिहरू रहेको कार्यदल गठन गरिएको हो। बुधबार शपथ ग्रहणलगत्तै कार्यभार सम्हाल्दै उहाँले वैदेशिक रोजगारमा देखिएका चुनौती र सम्भावना पहिल्याउन कार्यदल गठन गरिएको बताउनुभयो।

वैदेशिक रोजगारमा गएका नेपालीले तोकिएअनुसारको सेवा सुविधा पाए नपाएको पहिचान गर्दै अलपत्र पर्ने, कामदारले कानुनी हैसियत गुमाउने र जेलमा पर्नुपर्ने कारणसमेत खोज्ने बताइएको छ। त्यसै गरी रोजगारका सिलसिलामा निधन भएका कामदारको उद्धारको प्रतीक्षामा बस्नुपर्ने समस्या समाधान गर्नका कार्यदले योजना बनाउनेछ। कार्यभार ग्रहण गर्दै मन्त्री महराले राष्ट्रिय स्वाधीनतालाई प्राथमिकता राख्दै छिमेकी र अन्य विदेशी राष्ट्रहरूसँग मित्रवत् व्यवहार गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभयो।

प्रतिक्रिया दिनुहोस्