शङ्करापुरको सातवटा वडाको मतपरिणाम सार्वजनिक



काठमाडौँ, ३ जेठ । काठमाडौँको शङ्करापुर नगरपालिकाको सातवटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

शङ्करापुर– १, २ र ५ मा नेकपा (एमाले), वडा नं– ३ मा नेकपा (माओवादी केन्द्र), वडा नं– ४ मा नेपाली काँग्रेस तथा वडा नं– ६ र वडा नं– ७ मा राप्रपा विजयी भएको छ ।

निर्वाचन अधिकृत भुवनेश्वर पौडेलकाअनुसार शङ्करापुर– १ मा एमालेका श्याममणि ढुङ्गाना, २ मा जीवन लामा र वडा नं– ५ मा शेरगम्भीर थापा विजयी हुनुभएको छ ।

यस्तै वडा नं– ३ मा माओवादी केन्द्रका सन्तबहादुर तामाङ, वडा नं– ४ मा काँग्रेसका बुद्धिबहादुर लामा, वडा नं– ६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ र ७ मा राप्रपाकै विष्णुप्रसाद श्रेष्ठ वडाध्यक्षमा विजयी हुनुभएको छ ।

यसैगरी शङ्करापुर नगरप्रमुखमा एमालेका सुवर्ण श्रेष्ठले तीन हजार २८४, काँग्रेसका शङ्कर तिवारीले दुई हजार १५९, राप्रपाका मीजेन्द्रकाजी श्रेष्ठले दुई हजार १५३ र माओवादी केन्द्रका कृष्णराज सुवेदीले दुई हजार ३० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । कुल १७ हजार मतदाता रहेको शङ्खरापुरमा १४ हजार ७७६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्