काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा नेपाली काँग्रेस विजयी



धुलिखेल, ३ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रेम तिमल्सिनाले ३८६८मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेम लामाले २७४१ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा काँग्रेसकै सरिता लामिछाने(लामा) ले ३८५२ मत प्राप्त गरी विजयी हासिल गर्नुभएको छ ।उहाँको निकटम प्रतिद्वन्द्वी एमालेका उन्नती केसीले २८४१ मत प्राप्त गर्नुभएको छ ।
डाँडापारिको खानीखोला गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको जनाए पनि सञ्चारको पहुँच नभएका कारण प्राप्त मत परिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्