मध्यपुर थिमि वडा नं. २ मा काँग्रेस विजयी



पुष्कर बुढाथाकी, भक्तपुर ।
मध्यपुरथिमि नगरपालिका वडा नं. २ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राम थापा मगरको टोली विजयी भएको छ । थापा मगरले ८३२ मत ल्याई अध्यक्षमा विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका हेमराज गौतमले ८७० मत ल्याउनु भएको थियो ।

त्यसैगरि महिला सदस्यमा एमालेका उम्मेदवार सकुन्तला श्रेष्ठ विजयी हुनु भएको छ भने दलित महिला सदस्य तर्फ एमाले कै अम्बिका रजक निर्विरोध हुनु भएको थियो । सदस्यहरुमा नेपाली काँग्रेसका प्रल्हाद कार्की र विदुर भट्टराई विजयी हुनु भएको छ ।

चाँगुनारायणमा मतदान सुरु

स्थानीय तह निर्वाचन २०७४ अन्र्तगत जिल्लाको विवादित चाँगुनारायण नगरपालिकामा मतदान सुरु भएको छ ।

चाँगुनारायण नगरपालिका ६ स्थित वडा कार्यालय अर्थात् साविक नगरकोट गाविस भवनको मतदान केन्द्रमा आज विहान ७ बजेदेखि पुन ः मतदान सुरु भएको हो ।

गत ३१ गते मतदानका क्रममा नेपाल मजदूर किसान पार्टीको चुनाव चिन्ह ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद चर्किए पछि निर्वाचन आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्न परिपत्र गरेपछि पुनः मतदान भएको छ ।

चाँगुनारायण नगरपालिका(६ (साविक नगरकोट गाविस) मतदानकेन्द्र ‘ख’ मा कूल ८०७ मतदाता रहेका छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्