रुकुममा चार स्थानीय तहमा माओबादी केन्द्र बिजयी



धनवीर दाहाल, रुकुम ।
रुकुमको मुसिकोट नगरपालिका, बाँफिकोट गाँउपालिका र सानीभेरी गाँउपालिका प्रमुख तथा उपप्रमुखमा माओवादी केन्द्र बिजयी भएको छ ।

मुसिकोट नगरपालिकाको मेयरमा माओवादी केन्द्रका देबिलाल गौतम बिजयी भएका छन् । उनले ४३४० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका महेन्द्र के.सीले ४१७४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्धण्दी नेपाली काग्रेसका महेन्द्र केसीलाई एक सय १६६ मत अन्तरले पछि पार्दै गौतम बिजयी भएका हुन् । साथै उपमेयेरमा पनि माओवादी केन्द्रकी प्रेम कुमार सुनार बिजय भएकी छन् । उनले ४५११ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्धण्दी नेपाली काग्रेसकी बालकुमारी गिरीले ४१५४ मत प्राप्त गरेकी हुन् ।

मुसिकोट नगरपालिकाको वडा नं १,२,३,१२ र १४ नेपाली कांग्रेसले बिजयी हासिल गरेको छ भने वडा नं ४,५,६,७,८,९,१०,११, र १३ माओबादी केन्द्रले बिजयी हासिल गरेको छ ।

यसै गरी रुकुमको सानीभेरी गाँउपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार नरबहादुर पुन ४६५० र उपाध्यक्षका उम्मेदवार इन्दीरा ओली ४६६१ मत ल्याएर बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी अध्यक्षमा नेपाली कांग्रेसका गोरखबहादुर चन्दले २२४९ र उपाध्यक्षमा नेपाली कांग्रेसकै पुष्पा ओलीले २०६३ मत प्राप्त गरेका छन् । सो गाँउपालिकाको १ देखी १० सम्म माओबादी केन्द्रको पुरै प्यानल र वडा नं ११ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष तुल्सीराम बुढाथोकीकोे पुरै प्यानल बिजयी भएको छ ।

यस्तै बाँफिकोट गाँउपालिका अध्यक्षमा माओबादी केन्द्रकै धर्मबहादुर के.सी बिजयी भएका छन् । उनले ३५६४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका जनककुमार बाँठाले २८१२ मत प्राप्त गरेका हुन् । उपाध्यक्षमा माओबादी केन्द्रकै मनकला पुनले ३६३३ मत प्राप्त गरेकी छन् ।

उनका प्रतिद्धन्दी नेकपा एमालेका व्युझना पुनले २१०२ मत प्राप्त गरेकी हुन् । बाँफिकोट गाँउपालिकाको वडा नं १ देखी १० सम्म सबै वडा माओबादी केन्द्रको पुरै प्यानल बिजयी भएको छ ।

यसै गरी त्रिबेणी गाँउपालिका अध्यक्षमा माओबादी केन्द्रका झक्कु घर्ती बिजयी भएका छन् । उनले ३९५८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका देवबहादुर ओलीले २६६३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओबादी केन्द्रकै निर्मला बिष्टले ३९८० मत प्राप्त गरेकी छन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका देवी पुनले २६५२ मत प्राप्त गरेकी छन् ।

अन्य स्थानीय तहमा पनि माओबादी केन्द्र अग्रस्थानमा छ । बधबार सम्म सबै स्थानीय तहको परिणाम आइसक्ने बताइएको छ । बाँकि २ स्थानीय तह आठविसकोट नगरपालिका र चौरजहारी नगरपालिकामा पनि माओबादी केन्द्रले अग्रता कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्