नेसनल फोटोे जर्नालिज्म अवार्ड वैशाख १३मा



काठमाडौँ, ७ वैशाख । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले यही वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा ‘फोटो कन्सर्न नेसनल फोटोे जर्नालिज्म अवार्ड २०७३’ प्रदान गर्ने भएको छ ।

सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारको क्षमता र योग्यताको कदर गर्दै उनीहरु लाई प्रोत्साहनस्वरुप फरक फरक १३ विधामा नगद पुरस्कारसहित, ट्रफी, सम्मानपत्र र फोटो कन्र्सनका तर्फबाट रु १० हजार बराबरको ‘गिफ्ट ह्याम्पर’ प्रदान गर्न लागिएको समूहका सचिव प्रदीपराज वन्तले जानकारी दिनुभयो । विभिन्न विधामा सम्मानस्वरुप राशि रु २५ हजारदेखि ५० हजारसम्म दिइने छ । सम्मान पाउन इच्छुकले अनलाइनमार्फत फाराम भरेका थिए ।

उत्कृष्ट फोटो पत्रकार छनोट गर्न छापामाध्यम र अनलाइन न्युज पोर्टलका सम्पादक तथा वरिष्ठ फोटो पत्रकारमध्येबाट एक एक, एनएफपिजेका अध्यक्ष, वरिष्ठ सल्लाहकार लगायत सो क्षेत्रका विज्ञसहित बढीमा सात जनाको छनोट समिति गठन गरिने एनएफपिजेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । व्यावसायिक फोटो पत्रकारको संस्था एनफएपिजे २०५३ सालमा स्थापना भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्