अख्तियारमा पर्वतका शिक्षासम्बन्धी २३ उजुरी



फलेवास (पर्वत), ५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित क्षेत्रीय कार्यालयमा पर्वतबाट सबैभन्दा बढी शिक्षाका उजुरी दर्ता भएका छन् ।
उक्त कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्म पर्वतबाट शिक्षा क्षेत्रसंग सम्बन्धित २३ उजुरी दर्ता भएका हुन् । जसमध्ये १२ उजुरीउपर कारबाही भइसकेको र ११ वटा उजुरीमा अझै अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

अख्तियारमा विशेष गरी आर्थिक अनियमितता र विद्यालयमा कानुन विपरीत शिक्षक छनोटमा भएका क्रियाकलापकाका उजुरी रहेको जनाइएको छ ।

त्यस्तै अन्य विभिन्न मन्त्रालय सम्बद्ध ४९ उजुरीमध्ये १७ उजुरी कारबाही भइसकेका छन् भने ३२ उजुरीउपर अझै अनुसन्धान भई कारबाहीको प्रक्रियामा छन् । अख्तियारमा दर्ता भएका उजुरीमध्ये शिक्षापश्चात् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत नौ, वन मन्त्रालयअन्तर्गत तीन, ऊर्जा मन्त्रालयअन्तर्गत तीन, सहरी विकास मन्त्रालयअन्तर्गत तीन, महिला बालबालिका मन्त्रालयअन्तर्गत दुई र खानेपानी डिभिजन कार्यालयअन्तर्गतका दुई उजुरी दर्ता भएका छन् ।

त्यसैगरी भूमि सुधार सम्बद्ध एक, उद्योग मन्त्रालयअन्तर्गत एक र अन्य सङ्घसंस्था सम्बद्धका एक उजुरी दर्ता भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्