धम्काई पैसा र मोवाइल लिन खोज्ने पक्राउ



नेपाल समाचारपत्र, काठमाडौँ
धम्काएर पैसा र मोवाइल लिन खोज्ने कंन्चनपुरका काठमाडौँ सुकेधारा डेरा गरी बस्ने २७ बर्षीय केशव सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

सिंहले सोमबार डोटी गगुडा–३ घर भई हाल काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर महादेवस्थान डेरा गरी बस्ने शुभम बोगटीको कोठामा गई म पुलीस हुँ भनी धम्क्याई पैसा र मोवाईल लिन खोजेका थिए ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्